+

बेटिससँग रियल मड्रिड पराजित

२०७६ फागुन  २६ गते ८:५५ २०७६ फागुन २६ गते ८:५५
बेटिससँग रियल मड्रिड पराजित

२६ फागुन, काठमाडौं । स्पानिस ला लिगामा रियल मड्रिड रियल बेटिससँग पराजित भएको छ । आइतबार राति भएको खेलमा रियल मड्रिड बेटिससँग २–१ ले स्तब्ध बनेको हो ।

हारपछि रियलले बार्सिलोनालाई पछि पार्दै शीर्ष स्थानमा उक्लिने मौकासमेत गुमाएको छ भने उपाधि होडमा धक्का लागेको छ । बार्सिलोनाभन्दा २ अंकले पछि छ ।

पहिलो हाफको ईन्जुरी टाइममा रियलका लागि करिम बेन्जिमाले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
८२ औं मिनेटमा बार्सिलोनाका पुर्व खेलाडी क्रिस्टियन टेलोले गोल गर्दै बेटिसलाई अग्रता दिलाए । वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका टेलोको गोल नै निर्णायक बन्दा बेटिस विजयी भएको हो ।

हारपछि २७ खेलबाट ५६ अंक रहेको रियल दोस्रो स्थानमा यथावत् छ । समान खेलबाट ५८ अंक रहेको बार्सिलोना पहिलो स्थानमा छ । रियललाई हराउँदै ३३ अंक जोडेको बेटिस १२ औं स्थानमा उक्लेको छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय