
नायिका आँचल शर्माले फागुन २९ गते बिबाह गर्दैछिन् । अहिले आँचल बिबाहको तयारी व्यस्त छिन् । आफ्ना आफन्तलाई कार्ड पठाउने काम लगभग सकिएको छ आँचल बताउँछिन् ।
फागनुको १२ गते इन्गेजमेन्ट गरेकी आँचलले केही दिन अगाडि मात्रै साथीहरुलाई ब्याचलर पार्टी दिइएकी छिन् । आइतबार आँचल संगीत साँझमा रम्नेछिन् ।
आँचलले केही दिनदेखि संगीत साँझको तयारीमा थिइन् । संगीत साँझको तयारी राम्रो भएको आँचल बताउँछिन् । उनले भनिन्, ‘संगीत साँझ आज नै हो । हाम्रो तयारी सकिसकेको छ । तयारी राम्रै भएको छ जस्तो लाग्छ ।’
आँचलले प्रेमी उदिप श्रेष्ठसँग बिबाह गर्न लागेकी हुन् । उनीहरु केही वर्षदेखि प्रेममा थिए । आँचल र उदीप बिबाहलाई लिएर उत्साहित छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4