Comments Add Comment

‘चपली हाइट ३’ निर्माताको आक्रोश किन ?

चलचित्र ‘चपली हाइट ३’को टिजरले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ । तर, टिजर सार्वजनिक भएसँगै केही प्रतिक्रियालाई लिएर निर्माता अर्जुन कुमारले भने आक्रोश पोखे ।

सामाजिक संजालमा उनले केही अपशब्द नै लेख्दै आक्रोश पोखेका थिए । चैत्र २८ गते कसैको विर्ता नभएको भन्दै उनले आक्रोश पोखेपछि यसले नेपाली मिडिया र सामाजिक संजालमा राम्रै तरंग ल्याएको छ ।

उनको यो स्टाटस सार्वजनिक भएसँगै ‘चपली हाइट ३’को टिजरमा आएका धेरै नकारात्मक प्रतिक्रिया भने युटुबबाट हटाइएको छ । तर, यो प्रतिक्रिया चलचित्रको निर्माणपक्षले हटायो या अरु कसैले हटायो भन्ने खुलेको छैन ।

निकेश खड्का निर्देशित यो चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी लगायतका कलाकारको अभिनय छ । चलचित्र ‘चपली हाइट ३’लाई सस्पेन्स थ्रीलर कथामा निर्माण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment