Comments Add Comment

के निर्माता संघले ‘धुपौरे’ विवाद मिलाउला ?

चलचित्र ‘धुपौरे’का निर्माता र नायक अनमोल केसीविच चलचित्रको बिषयलाई लिएर उत्पन्न भएको विवाद उत्कर्षमा पुगेको छ । आफ्नो चलचित्रको करिअरमा नै पहिलो पटक अनमोल विवादमा तानिएका हुन् । अनमोलले सामाजिक संजालमा स्टाटस लेख्दै विवादको बिषयमा स्पष्टिकरण पनि दिइसकेका छन् ।

उनले, चलचित्रको फाइनल स्क्रिप्ट आफूलाई मन नपरेपछि परिवर्तन आग्रह गर्दा निर्माण टिमले इगोको रुपमा लिएर चरित्रहत्या गर्न खोजेको प्रष्ट पारेका छन् । उनले, आफूले पारिश्रमिकको पेश्की स्वरुप लिएको ५ लाख रुपैयाँ फिर्ता दिन तयार पनि भएको स्पष्ट पारिसकेका छन् ।

अनमोल र चलचित्रको टिमविचको विवाद निर्माता संघमा पनि पुगेको छ । अनमोलको स्टाटस सार्वजनिक भएसँगै निर्माता संघका महासचिव रोज राणाले निर्माता संघको न्यायिक समितिमा विभिन्न चरणको छलफल जारी रहेको उल्लेख गर्दै सामाजिक संजालमा सार्वजनिक भएका अभिव्यक्तिमा ध्यानाकर्षण भएको बताएका छन् ।

उनले, छलफल र वार्तावाटै निर्माटा संघले समस्याको समाधान गर्न विश्वास समेत व्यक्त गरेका छन् । यसैले, सामाजिक संजालमा आरोप प्रत्यारोपमा उत्रदा न्यायिक निर्णयमा प्रत्यक्ष असर पर्ने हुँदा यस बिषयमा पनि ध्यान पुर्याउने उनले आग्रह गरेका छन् ।

उनले निर्माता संघको न्यायिक समितिबाट विधी र विधानको परिधिभित्र रहेर दुबै पक्षको अनुकुलमा न्यायिक निर्णय गरेन विश्वास दिलाउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment