
२६ फागुन, काठमाडौं । ताप्लेजुङबाट प्रहरीले चितुवाको छालासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा फक्ताङ्लुङ गाउँपालिका–५ वेतांगु बस्ने ५५ वर्षीय टुलबीर लिम्बु रहेका छन् ।
प्रहरी चौकी तापेथोकबाट खटिएको टोलीले सोमबार लिम्बुको घरमा खानतलासी गर्दा २ थान चितुवाको छाला बरामद गरेको हो ।
बरामद गरिएको चितुवाको छालासहित लिम्बुलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि कञ्चनजंगा संरक्षण कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4