Comments Add Comment

को हुन् मोदीको सम्मान अस्वीकार गर्ने बालिका ?

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मान अस्वीकार गरेपछि आठ वर्षीया बालिकाको चर्चा चुलिएको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा भारत सरकारको सम्मानित हुने महिलाहरुको सूचीमा परेकी बालिका लिसिप्रिया कञ्गुजमले सम्मान अस्वीकार गर्ने घोषणा गरेकी थिइन् ।

भारतको पूर्वोत्तर राज्य मणिपुरकी लिसिप्रिया पर्यावरणसम्बन्धी अभियानमा सक्रिय छिन् । उनी सन् २०१९ मा अन्तर्राष्ट्रिय बाल शान्ति पुरस्कारबाट सम्मानित भएकी थिइन् ।

प्रेरणादायी महिलाको सूचीमा परेको जानकारी पाएसँगै लिसिप्रियाले ट्वीटमा लेखेकी छिन्– प्रेरणादायी महिलामा आफूलाई राखेकोमा प्रधानमन्त्री मोदी जीलाई धन्यवाद । धेरैपटक सोचेपछि यो सम्मान अस्वीकार गर्ने निर्णय गरेकी हुँ ।

उनले लेखिकी छिन्, ‘प्रिय नेता र राजनीतिक दलहरू, मलाई यसको निम्ति प्रशंसा चाहिँदैन । यसको सट्टामा आफ्ना सांसदहरुलाई जारी सदनमा मेरो आवाज उठाउन भन्नुहोस् । मलाई आफ्नो राजनीतिक लक्ष्य र प्रचारबाजीको साधनको रूपमा उपयोग नगर्नुहोस् । म यसको पक्षमा छैन ।’

लिसिप्रियाले जलवायु परिवर्तनसँग सम्बन्धित कानून बनाउन माग गरिरहेकी छन् । आफूले उठाएको मुद्दालाई सुन्न सक्नुहुन्न भने बधाई नदिनका लागि उनले प्रधानमन्त्री मोदीसँग आग्रह समेत गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment