Comments Add Comment

प्रविधि क्षेत्रमा कोरोना असर, नयाँ आइफोन २ महिना ढिलो आउने

एप्पलको बहुप्रतिक्षित आइफोन १२ तथा आइफोन ९ सार्वजनिक हुने मिति २ महिना पछाडि धकेलिएको छ ।

ब्लुम्बर्गको एक रिपोर्टअनुसार, कोरोना भाइरसको महामारीले विश्वभर सन्त्रास फैलाइरहेका बेला नयाँ आइफोनको लञ्चिङ मितिसमेत पछि सरेको हो ।

कोरोनाका कारण चीनमा आपूर्ति श्रृंखलामा रोकावट आउँदा आइफोनका पाटपुर्जाहरु उत्पादन कारखानासम्म पुग्न नसकेको र त्यसरी उत्पादनमा असर परेको बताइएको छ ।

बैंक अफ अमेरिकाका एलियट लेनका अनुसार, सप्लाइ चेनमा रोकावट तथा उत्पादनमा ढिलाइका कारण एप्पलका दुवै फोन पूर्वनिर्धारित मितिभन्दा कम्तीमा पनि दुई महिना ढिलो गरी लञ्च हुनेछन् ।

उनका अनुसार, एप्पलको सबैभन्दा सस्तो आइफोनको रूपमा मानिएको आइफोन ९ लञ्च हुन अझै बढी समय लाग्न सक्नेछ ।

अहिलेसम्म सार्वजनिक भएका खबर अनुसार, आइफोन नाइन एप्पलको सबैभन्दा सस्तो स्मार्टफोन हुनेछ । यो फोनको डिजाइन आइफोन ८ को जस्तै हुनेछ भने इन्टर्नल डिजाइनचाहिँ आइफोन ११ बाट प्रभावित हुन सक्नेछ । त्यसमा ४.७ इन्चको एलसिडी डिस्प्ले, टच आइडीका साथ होम बटन पनि हुनेछ । यसमा ३.५ एमएमको हेडफोन ज्याक नहुने बताइएको छ । त्यस्तै यसमा आइफोन ११ मा जस्तै ए१३ बायोनिक चिप हुनेछ भने आइओएस १३ अपरेटिङ सिस्टम रहनेछ । आइफोन नाइनमा ३ जिबी र्यामका साथै ६४ तथा १२८ जिबी इन्टर्नल स्टोरेज हुनेछ ।

कम मूल्यमा एप्पलको लेटेष्ट सफ्टवेयरयुक्त आइफोन चलाउन चाहने प्रयोगकर्तालाई लक्षित गरी एप्पलले आइफोन नाइन ल्याउन लागेको हो । यसको सुरुआती मूल्य ३ सय ९९ डलर हुने बताइएको छ ।

एजेन्सीको सहायेगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment