Comments Add Comment

आफ्नो खुशीका लागि गर्नुपर्ने पाँच काम

तपाईंको खुशी अरु कसैमा निर्भर छ भने तपाईंको जिन्दगी सही बाटोमा चलिरहेको छैन भन्ने बुझ्दा हुन्छ । यसमा कुनै दुईमत छैन । हामी सबैको जीवनमा यस्ता केही व्यक्ति, परिवार वा साथी हुन्छन् । उनीहरु हाम्रो लागि समय निकाल्छन् । तर, यसको अर्थ यो होइन कि तपाईं आफैं पनि आफ्नो लागि समय नदिनुहोस् ।

तपाईंले आफ्नो खुशीको बारेमा पनि सोच्नु जरुरी हुन्छ । तपाईंलाई जे गर्न मन छ, त्यो गर्नुहोस् । तपाईं आफ्नो लागि समय निकाल्न सक्नुहुन्छ । तर, आफ्नो लागि के गर्ने भन्ने कुरा थाहा छैन भने यहाँ केही आफैंलाई खुशी राख्ने उपाय उल्लेख गरिएको छ –

१. एक्लै सपिङ जानुहोस्

शपिङ जाँदा कसैलाई लिएर जाने वा अनलाइन शपिङ गर्नुको सट्टा आफैं बजार गएर शपिङ गर्नुहोस् । अझ सकेसम्म कुनै मलमा जानुभन्दा पनि स्थानीय बजारमा जानुहोस् । यसले तपाईंलाई धेरै सहयोग पुग्न सक्छ । सबैभन्दा महत्वपूर्ण कुरा त तपाईंले आफ्नै लागि पनि समय दिन सक्नुहुन्छ । यसबाट तपाईंलाई आफ्नो आफ्नो मनपर्ने कुरा पनि थाहा हुन्छ । कसैलाई शपिङमा लैजाँदा हामी उसलाई मन पर्छ कि पर्दैन भनेर पनि सोध्छौं । त्यसैले यसबाट बच्नु जरुरी हुन्छ ।

२. रेष्टुरेन्टमा पनि एक्लै जानुहोस्

तपाईं रेष्टुरेन्टमा कसैसँग जानुहुन्छ भने आफूलाई मन परेको खाना विना कुनै हिचकिचाहट अर्डर गर्नुहोस् । यसले तपाईंको निर्णय लिने क्षमता पनि बढाउँछ । कहिलेकाहीँ आफ्नो परिवार वा साथीसँग हुँदा मानिसले आफ्नो मनपर्ने खानेकुरा मगाउन हिचकिचाउने गर्छन् । त्यसैले कम्तीमा एक महिनामा एकपटक एक्लै रेष्टुरेन्टमा जानु राम्रो हुन्छ ।

३. फिल्म हेर्नु 

तपाईं आफ्नो काममा व्यस्त हुनुहुन्छ वा आफूलाई मन परेको फिल्म हेर्न पाइरहनु भएको छैन भने आफ्नो योजना नत्याग्नुहोस् । तयार हुनुहोस् र कोही साथी मिलेनन् भने एक्लै जानुहोस् र आफ्नो इच्छा पूरा गर्नुहोस्, किनकी तपाईंको खुशीको अधिकार अरुसँग हुँदैन । यसले तपाईंभित्र रहेको हिचकिचाहट हराउँछ र आफ्नो निर्णय आफैं लिने बानीको विकास हुन्छ ।

४. एक्लै घुम्न जानुहोस्

साथीहरुसँग घुम्नुको सट्टामा कुनै योजना एक्लै घुम्ने पनि बनाउनुहोस् । यो यात्रा सानो नै भए पनि यसबाट तपाईंलाई आफूलाई राम्रोसँग बुझ्ने मौका मिल्छ । यसले तपाईंको आत्मविश्वास पनि बढाउँछ । त्यसका साथै तपाईं कुनै नयाँ ठाउँमा जाँदा कसरी नयाँ मानिसहरुसँग घुलमिल गर्ने भन्ने कुरा पनि यसले सिकाउँछ ।

५. आफ्नो समय मन पर्ने कुरामा खर्च गर्नुहोस्

गीत सुन्ने, नाच्ने, बाजा बजाउने वा कुने खेल खेल्नु कसैलाई मन पर्न सक्छ । तपाईंलाई पनि यी कुरा मन पर्छ भने एक सातामा एकपटक आवश्य पनि यसका लागि समय दिनुहोस् । यसले तपाईंभित्र रहेको भावनालाई पनि बचाइराख्छ । तपाईं भावनात्मकरुपमा बलियो हुनुहुन्छ भने कुनै पनि निर्णय लिन सजिलो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment