Comments Add Comment

कोरोनाको असर : पीएसजी र डर्टमण्डबीचको खेल बन्द स्टेडियममा खेलाइने

युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को दोस्रो लेगको खेलहरु मंगलबार रातिबाट सुरु हुँदैछन् । तर विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड- १९) को असर यी खेलहरुमा समेत परेको छ ।

च्याम्पियन्स लिग अन्तर्गत बुधबार हुने पेरिस सेन्ट जर्मेन पीएसजी र बोरुसिया डर्टमण्डबीचको खेल दर्शक नभएको बन्द मैदानमा (क्लोज डोर) मा खेलाइने भएको छ ।

त्यसअघि मंगलबार जर्मन क्लब लेइपजिग र इंग्लिस क्लब टोटनहम हट्सपर तथा इटालियन क्लब एटलान्टा र स्पानिस क्लब भ्यालेन्सियाबीच हुँदैछ ।

कोरोना भाइरसको कारण पीएसजीको घरेलु मैदान पेरिसमा हुने खेल क्लोज डोरमा खेलाइने भएको हो । पहिलो लेग जर्मन क्लब डर्टमण्डल २-१ ले जितेको थियो । घरेलु मैदान भएपनि दर्शकबिना खेल्नुपर्ने भएपछि पीएसजीलाई नतिजा उल्टाउन चुनौती छ ।

पेरिस प्रहरीले दुई क्लबबीचको खेल बन्द मैदानमा खेलाइने जनाएको हो । पीएसजीले स्टेटमेन्ट जारी गर्दै खेल राम्रोसंग सञ्चालन गर्न क्लब पूर्ण तयार रहेको जनाएको छ ।

फ्रान्स सरकारले १ हजार भन्दा बढी व्यक्ति भेला हुन प्रतिबन्ध लगाएको छ ।

अहिले विश्वमा फैलिरहेको कोरोनाको कारण युरोपमा खेलकुद गतिविधहरु प्रभावित बनिरहेको छ । इटलीमा अप्रिल ३ सम्मको लागि सबै खेल गतिविधि स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment