Comments Add Comment

हिमालय रोडिजः ‘टिम ब्लू’मा दिवस मात्र बाँकी

‘हिमालय रोडिज’को यात्रामा समन श्रेष्ठको ‘टिम ब्लू’लाई अर्को झट्का लागेको छ । सोमबार प्रशारण भएको १३ औं एपिसोडमा २ प्रतियोगीहरु बाहिरिएका छन् । जसमा ‘टिम ब्लू’ र अनुप विक्रम शाहीको ‘टिम रेड’बाट एक–एक प्रतियोगी बाहिरिएका छन् ।

ब्लु टिममा दिवस र सन्जु मात्र बाँकी थिए । वाइल्ड कार्ड इन्ट्रिबाट आएकी सन्जु नै यो एपिसोडबाट बाहिरिइन् । यसै पनि कम प्रतियोगी भएको टिमबाट एक जना बाहिरिदा टिम ‘ब्लू’लाई झट्का लागेको छ ।
त्यस्तै ४ जना नै प्रतियोगी भएको रेडबाट श्रेया बाहिरिएकी छिन् । अब भने रेड टिममा ३ जना बाँकी छन् ।

सोमबार प्रशारण भएको भागमा आशिष राना ‘लाहुरे’को ‘टिम ग्रिन’ले टाक्स जितेको छ । योसँगै टिम ग्रिन पूर्ण रुपमा सुरक्षित बनेको छ । दोस्रो र तेस्रो स्थान बनाएका टिम रेड र टिम ब्लूले एक–एक जनालाई सुरक्षित गरेका थिए । तर, यी दुबै टिमबाट एक–एक जना बाहिरिए ।

यस्तै, खेल हारेर अन्तिम बनेको दीया मास्केको ‘टिम एल्लो’बाट भने तीन जना नै सुरक्षित रहे । अब तीन वटा टिममा ३–३ प्रतियोगी बाँकी रहेका छन् भने टिम ब्लुमा दिवस एक्लो छन् । अमनप्रताप अधिकारीको निर्देशनमा तयार भएको यो शो हिमालय टेलिभिजनमा हरेक सोमबार बेलुकी प्रशारण भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment