Comments Add Comment

कोरोनाको त्रासबीच विराटनगरमा होली (फोटो फिचर)

२७ फागुन, विराटनगर । सरकारले कोरोना भाइरस संक्रमणको जोखिम हुने भन्दै भिडभाडमा नजान र होली नखेल्न अपिल गरेपछि विराटनगरमा यो वर्षको होली कार्यक्रम प्रभावित भएको छ ।

विराटनगरमा यो वर्ष होलीको खासै रौनकता देखिएन । बिगतका वर्ष जस्तै चोकचोकमा होली मिलन कार्यक्रम भएनन् । तर केही युवा भने होली मिलनका लागि सडकमा देखिएका छन् ।

कोरोना भाइरस संक्रमणको त्रासका कारण होलीका लागि निर्धारित अधिकांश कार्यक्रम रद्द भएका छन् ।

विराटनगरका मुख्य सडक यो वर्ष प्रायः सुनसान जस्तै बनेका छन् ।

विराटनगरमा होलीको एक साता अघिदेखि होली मिलन कार्यक्रम आयोजना गर्ने परम्परा थियो । तर कोरोना भाइरसको त्रासका कारण विराट व्यापार संघ बाहेकले कार्यक्रम स्थगित गरेका हुन् । गत शुक्रबार व्यापार संघले भने होली मिलन कार्यक्रम गरेको थियो ।

कोरोना भाइरसको त्रासका कारण मारवाडी युवा मञ्चले आयोजना गर्ने होली ‘अलबेलो बारात’ र होली रंगारंग कार्यक्रम स्थगित गरेको छ ।

त्यस्तै मोरङ व्यापार संघले गर्ने होली मिलन कार्यक्रम पनि स्थगित भएको छ ।

कोरोनाको त्रासबीच विराटनगरको होलीको केही तस्वीरहरु

    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment