+
+
Shares

सरकार र निजी क्षेत्रको निष्कर्ष : ६ महिनालाई पुग्ने खाद्यान्न मौज्दात छ

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २७ गते १५:३६

२६ फागुन, काठमाडौं । उद्योगी व्यवसायीहरुले ६ महिनालाई पुग्ने खाद्यान्न मौज्दात रहेको बताएका छन् ।

सरकारले आपूर्ति व्यवस्था सहज बनाउन मंगलबार निजी क्षेत्रसँग छलफल गरेको थियो, जसमा सहभागीहरुले ६ महिनालाई पुग्ने खाद्यान्न मौज्दात रहेको बताएका छन् ।

औषधि पनि ३/४ महिनालाई पुग्ने मौज्दात रहेको अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले बताए । भारतले केही औषधि आपूर्तिमा रोक लगाएपछि अत्यावश्यक आयातका लागि सहज बनाउन आग्रह गर्ने सहमति भएको छ ।

‘भारततर्फबाट हुने व्यापारमा केही अवरोध छैन । अधिक स्टक गर्न आवश्यक छैन,’ उनले भने, ‘विक्रेताहरुले पनि स्टक छ, अति अधिक स्टक नगर्नुस् भन्नु भनेका छौं ।’

प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा उद्योगी व्यवसायीहरुले चीनमा कोरोनाको संक्रमण कम हुँदै गएकाले अब जोखिमरहीत अवस्थामा रसुवागढी र तातोपानी नाकामा रोकिएका बस्तुहरुलाई ल्याउन दिन माग समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?