Comments Add Comment

पुबुदुलाई पुन: भेट्दा सन्दीप उत्साहित

२७ फागुन, काठमाडौं । नेपाली क्रिकेटका ग्लोबल स्टार सन्दीप लामिछानेले लामो समयपछि राष्ट्रिय टिमका पूर्वप्रशिक्षक पुबुदु दासानायकेसंग भेट्दा पुराना दिन याद आएको बताएका छन् ।

सन्दीपलाई राष्ट्रिय टिमसम्म ल्याउने काम गरेका पुबुदु अहिले नेपालमा छन् । पुबुदले करिब ५ वर्ष नेपाली टिमको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । उनकै पालामा नेपालले क्रिकेटमा सफलताको सिँढी चढेको थियो ।

पुबुदुको बहिर्गमनपछि सन्दीप नेपाली टिमको नयाँ राइजिङ स्टार बने । एभरेष्ट प्रिमियर लिग टी २० क्रिकेटमा भैरहवा ग्लाडिएटर्सको प्रशिक्षक बनेर पुबुदु यस पटक नेपाल आएका बेला सन्दीपले भेट्न पाएका हुन् । यद्यपि प्रतियोगिता भने स्थगित भइसकेको छ ।


यही फुर्सदको समयमा मंगलबार पुबुदुले कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपाली खेलाडीसँग भेट गरेका थिए । सन्दीपले त्यही भेटको फोटो सामाजिक सञ्जालमा पोष्ट गर्दै महत्वपूर्ण समय बिताउने अवसर पाएको बताएका छन् ।

सन्दीपले पुबुदुलाई भेट्दा आफू पुरानै दिनमा पुगेजस्तो महसुस भएको उल्लेख गरेका छन् ।

चितवनको क्याम्पाचौरमा ट्रेनिङ गरिरहेको ठाउँबाट पुबुदुले सन्दीपलाई राष्ट्रिय टिमको क्याम्पसम्म ल्याएका थिए । त्यसपछि सन्दीपले यू १९ विश्वकप खेले । त्यसपछि के भयो सबै छर्लङ्ग छ ।

सन्दीपले भर्खरै थांइल्याण्डमा भएको एसीसी इस्टर्न रिजनमा पहिलो खेलमा मलेसिया विरुद्ध विकेट लिँदै टी २० मा १०० विकेट पुर्‍याइसकेका छन् । उनले सन् २०१६ मा नेपालको नेपालको राष्ट्रिय टिमका लागि डेब्यु गरेका थिए । यस्तै २०१८ मा टी २० र ओडीआईमा डेब्यु गरेका थिए । सन्दीपले विश्वका लगभग सबै टी२० फ्रेन्चाइज लिग खेलिसकेका छन् ।

सन्दीपले नेपालको लागि ओडीआईमा २३ र टी२० मा ३४ विकेट लिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment