Comments Add Comment

इपीएलका लागि ललितपुरले ट्यालेन्ट हन्टबाट छान्यो दुई खेलाडी

काठमाडौं । साविक विजेता ललितपुर प्याट्रिट्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि-२० क्रिकेटका लागि ट्यालेन्ट हन्टबाट दुई युवा खेलाडीलाई छनोट गरेको छ ।

कोरोना भाइरसको कारण चैत १ गतेबाट हुने भनिएको इपीएल अनिश्चितकालका लागि स्थगित भए पनि ललितपुरले ट्यालेन्ट्स हन्टबाट खेलाडी छनोट गरेको हो ।

ललितपुरले चौथो संस्करणको इपीएलका लागि ब्याट्सम्यान बिभत्सु थापा र स्पीनर अरियो पौडेललाई छनोट गरेको हो ।

इमाडोलस्थित बल पार्क एकेडेमीका ६ मार्च देखि भएको ट्यालेन्ट हन्टमा २३१ खेलाडीले सहभागिता जनाएकोमा २ खेलाडी छनोट गरिएको ललितपुरले जनाएको छ ।

छनोट भएका दुई खेलाडीलाई २५-२५ हजार दिने ललितपुरका मालिक किशोर महर्जनले जनाएका छन् । दुवै खेलाडीले टिमसँगै प्रशिक्षण गर्ने छन् ।

इपीएलको नियम अनुसार फ्रेन्चाइजले १५ सदस्यीय टोल मा ट्यालेन्ट हन्टबाट पनि एक खेलाडी अनिवार्य छनोट गर्नुपर्नेछ ।

राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल रहेको ललितपुरले विदेशी खेलाडीको रुपमा श्रीलंकन ब्याट्सम्यान उपुल थरंगा र पाकिस्तानका हसन खान, हमाद आजम र बलर मिर हाम्जालाई अनुबन्ध गरेको थियो । यस्तै प्रशिक्षकमा राजु बस्न्यात छन् ।

कोरोना भाइरसको सम्भावित संक्रमणले गर्दा इपीएल स्थगित भएको छ र अब कहिले हुन्छ थाहा छैन । इपीएलको आयोजकले समय मिलायर चाँडै नयाँ मिति तोक्ने जनाएको छ ।

लिगमा ६ शहरका ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा साविक विजेता ललितपुरसँगै काठमाडौं किङ्स ११, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारियर्स छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment