Comments Add Comment

कोटेश्वर-कलंकी सडक खण्डमा पनि लेन प्रयोगको नयाँ नियम

२७ फागुन, काठमाडौं । कोटेश्वर-कलंकी ८ लेन सडक खण्डमा पनि सवारी साधनलाई लेन प्रयोगमा नयाँ नियम लगाइएको छ ।

यात्रुवाहक तथा मालवाहक गाडी बायाँ सर्भिस लेनबाट र निजी तथा साना सवारी साधन दाहिने मुख्य (द्रुत) लेनबाट मात्र चलाउने व्यवस्था चैत २ गतेदेखि लागू गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

सडकमा रहेको लेनलाई अनुशासित एवं व्यवस्थित रुपमा पालना गराउन, सवारी आवागमनलाई सहजता ल्याउन र ट्राफिक नियम पालनाको प्रवृत्ति बसाउन नयाँ नियम लागू गर्न लागिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

‘यो सडक व्यबस्थित र सुविधायुक्त छ, यात्रुबाहक, मालबाहक र बिस्तारै गुड्ने गाडीहरु बाँया लेनबाट र साना हलुका र द्रुत गतिमा गुड्ने सवारी साधन दाहिने लेनबाट चल्ने अन्तर्राष्ट्रिय अभ्याससमेत रहेकोले यसलाई कार्यान्वयन गर्दा सडक अनुशासन कायम हुने र दुर्घटना न्युनीकरण हुने अपेक्षा गरिएको छ’ उनले भने ।

१० किमी लम्बाई भएको ८ लेन सडकमा लेन अनुशासन पालना नहुँदा मासिक ८५ को हाराहारीमा सडक दुर्घटना हुने तथ्याङ् रहेको छ । ट्राफिक प्रहरीले यसअघि यो नियम जडिवुटी-सुर्यविनायक सडक खण्डमा कार्यान्वयन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment