+
+

बुटवलको होली परिवारमा मात्रै केन्द्रित

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २७ गते २०:०८

२७ फागुन, बुटवल । कोरोनाको त्रासका कारण यसबर्ष रुपन्देहीको बुटवलमा होली मनाउने भेट्न निकै मुश्किल पर्‍यो ।

रंगीन चाड भनिए पनि यो पर्व आज निकै सुनसान बन्यो । विगतका वर्षका होलीमा निकै चहल पहल हुने बुटवललगायत आसपासका क्षेत्रमा बुधबार कुनै पनि स्थानमा कुनै कार्यक्रम भएनन् ।

होलीमा बुटवलको ट्राफिक चोक, देवीनगरलगायत अन्य स्थानमा होली विशेष हरेक बर्ष आयोजना हुने गर्दथे । तर यो पटक सबैको होली परिवारमा मात्रै केन्द्रित भएको पाइएको छ । साथीभाइ र परिवारका सदस्यसंग रंग दलेर धेरैले होली मनाएका छन् ।

बजारमा होलीको दिन बुटवलमा बिहानैदेखि चहलपहल हुने भएता पनि अहिले बुटवल सुनसान जस्तै रहेको छ । विगतको तुलनामा अहिले होलीका टिसर्ट, रङ पनि निकै बिक्री नै भएनन् ।

विश्व भरी कोरोना भाइरसको संक्रमण रहेकाले सभा, सम्मेलन र ठूला जमघट नगर्न आग्रह गरेकोले आम नागरिक घरमै केन्द्रित भएका हुन् । बजार क्षेत्रमा पनि प्रहरी प्रशासनको संख्या पनि पातलै देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?