Comments Add Comment

कोरोनाको असर नेपाल तेक्वान्दो संघमा पनि, प्रतियोगिता नगर्न निर्देशन

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को कारण नेपाल तेक्वान्दो संघले आफ्नो मातहतमा रहेको प्रदेश, जिल्ला र डोजाङहरुलाई कुनै पनि प्रतियोगिता नगर्न निर्देशन दिएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाको कारण संघले बुधबार विज्ञप्ति जारी गर्दै प्रदेश, जिल्ला र डोजाङहरुलाई कुनै पनि राष्ट्रिय प्रतियोगिता नगर्न निर्देशन दिएको हो ।

संघले सरकार र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुद गतिविधि नगर्न गरेको निर्देशन पालना गर्दै अर्को निर्णय नभएसम्मको लागि प्रतियोगिता नगर्न भनेको छ ।

यस्तै तय भएका नवौं राष्ट्रिय तेक्वान्दो क्योरुगी रेफ्री सेमिनार र दशौं राष्ट्रिय तेक्वान्दो रेफ्री रिफ्रेसर कोर्स र तेक्वान्दोका सबै राष्ट्रिय प्रतियोगिता तत्कालका लागि रोक्न पनि संघले वित्ज्ञप्तीमार्फत जनाएको छ ।

चीनको वुहानबाट गत डिसेम्बरमा सुरु भएको कोरोनाका कारण विश्वभर ४ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment