Comments Add Comment

कोरोनाका कारण म्यानचेष्टर सिटी र आर्सनलबीचको खेल स्थगित

विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को ले गर्दा विश्वभर खेलकुद प्रभावित बनेको छ । यसको प्रभाव अब इंग्लयाण्डको प्रिमियर लिगमा पनि परेको छ ।

कोरोना कै कारण बुधबार हुने तय भएको साविक विजेता म्यानचेष्टर सिटी र बर्सनल बीचको खेल स्थगित भएको हो । खेल सिटीको घरेलु मैदान एतिहाड स्टेडियममा खेल्ने तय थियो ।

सुरक्षाको कारण देखाउ उक्त खेल स्थगित गरिएको म्यानचेष्टर सिटीले र प्रिमियर लिगले जनाएको छ ।

१३ दिनअघि आर्सनलले घरेलु मैदान एमिरेट्स स्टेडियमा ग्रीक क्लब ओलम्पियाकोसँग युरोपा लिग खेल्दा ओलम्पियाकोसका मालिक एभानगेलोस मारिनाकिसले आर्सनलका सबै खेलाडी स्टाफलाई भेटेका थिए । पछि उनलाई कोरोना संक्रमण भएको खबर बाहिर आयो ।

त्यसपछि मेडिकल एडभाइजका कारण म्यानचेष्टर सिटी र आर्सनलले यस अवस्थालाई ध्यानमा राख्दै खेल स्थगित गर्ने निर्णयमा सहमति जनाएका हुन् । यस्तै प्रिमियर लिगले पनि उक्त खेललाई पछि खेलाउने गर मिति तय गरिने जनाएको छ ।

कोरोनाको कारण युरवपियन फुटबल प्रभावित बन्दै आएको छ । इटालियन सिरी ए लिग अप्रिल ३ सम्मलाई स्थगित गरिएको छ । च्याम्पियन्स लिग अन्तर्गत भ्यालेन्सिया र एटलान्टाबीचको खेल बन्द रंगशालमा खेलाइएको थियो । बार्सिलोना र नापोली तथा पिएसजी र बोरुसिया डर्टमण्डबीचको खेल पनि बन्द रंगशालमै खेलाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment