+
+
Shares

ग्लोबल आईएमई बैंकद्वारा दृष्टीबिहिन विद्यार्थीहरुलाई सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २८ गते १७:२५

ग्लोबल आइएमई बैंकको तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्वत जिल्लाको कुश्मा स्थित शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टीविहिन विद्यार्थीहरुलाई ट्रयाकसुट, रोटी मेकर र इलेक्ट्रिक आइरन हस्तान्तरण गरिएको थियो ।

संघीय सांसद पदम गिरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमका बिच उक्त सामाग्रीहरु सांसद गिरी र ग्लोबल आइएमई बैंक कुश्मा शाखाका शाखा प्रमुख प्रकाश शर्माले संयुक्त रुपमा हस्तान्तरण गरे ।

उक्त सामाग्री हस्तान्तरण कार्यक्रममा कुश्मा नगरपालिकाका नगर शिक्षा अधिकृत राजेन्द्र बहादुर क्षेत्री, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रिय उपाध्यक्ष राजेन्द्र पहाडी, विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चापागाई लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
ग्लोबल आइएमई बैंकले शिक्षा, स्वास्थ्य, वातावरण, सरसफाई तथा विभिन्न सामाजिक क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?