२८ फागुन, काठमाडौं । वर्ल्ड ११ र एसिया ११ बीच हुने खेल पनि कोरोना भाइरसका कारण प्रभावित भएको छ ।
बंगलादेश क्रिकेट बोर्डले बंगलादेशका संस्थापक नेता शेख मुजीबुर रहमानको जन्मोत्सवको अवसरमा मार्च २१ र २२ मा वर्ल्ड ११ र एसिया ११ बीच खेल गराउने घोषणा गरेको थियो । एसिया ११ मा नेपालका ग्लोबल स्टार सन्दीप लामिछाने पनि थिए ।
तर कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि यो खेल स्थगित भएको छ । बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमुल हसनले अर्को सूचना नभएसम्मका लागि खेल स्थगित गरिएको बताए ।
बोर्डले एआर रहमानको कन्सर्ट पनि स्थगित गरेको छ, जुन रहमानको जन्म शताब्दी समारोहकै एक हिस्सा थियो ।
यद्यपि ढाका प्रिमियर लिग र ५० ओभरको प्रतियोगिता भने हुने बंगलादेश क्रिकेट बोर्डले जनाएको छ ।
कोरोनाको चिन्ताका बीच बंगलादेश र जिम्बाब्वेको टी–२० सिरिज पनि भइरहेको छ, जसमा दर्शकलाई भने प्रवेश दिइएको छैन ।
प्रतिक्रिया 4