+
+

प्रियंका लेख्छिन्–‘प्रिय श्रीमान्, हरेक बिहान म तिम्रो प्रेममा डुबेकी छु’

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २९ गते ११:१८

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी केही दिन अगाडि मात्र बैबाहिक जीवनमा बाँधिएका थिए । आयुष्मान र प्रियंका अहिले जीवनको नयाँ चरणमा प्रवेश गरेका छन् ।

प्रियंका र आयुष्मानको भेट ३ बर्ष अगाडि भएको थियो । ३ बर्ष अगाडि मार्च ११ तारिखमा एक अर्कासँग जोडिएको यो जोडीले भेट भएको ३ बर्षपछि बिहे गरेको हो । आयुष्मानसँग भेटेको ३ बर्ष भएको भन्दै नायिका प्रियंका कार्कीले आफ्नो मनको भाव व्यक्त गरेकी छिन् ।

प्रियंका लेख्छिन्–‘मार्च ११ तारिखमा ३ बर्ष अगाडि हाम्रो भेट भएको थियो । त्यसको केही हप्तामै हामी प्रेमी–प्रेमिका बनेका थियौं । म अहिले पनि यो बारेमा सोच्दा लाज मान्छु । मैले यो समयमा यस्तो खुशीको अनुभव गरेँ, जुन त्यस भन्दा अगाडि कहिले पनि गरेकी थिइनँ ।’

प्रियंका अगाडि लेख्छिन्–‘यो तिन बर्षमा हामी ठूलो हुँदै गयौं, समयसँगै हामी परिवर्तन पनि भएका छौं । तर, एउटा कुरा कहिले पनि परिवर्तन भएन । म अहिले पनि हरेक बिहानी तिम्रो प्रेममा डुब्ने गर्छु । अझै गहिराइको साथमा ।’

प्रियंकाले ‘प्रिय श्रीमान्’ भन्दै आयुष्मानलाई धेरै माया गर्ने उल्लेख गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?