 
																			२९ फागुन, काठमाडौं । श्रीमतीको हत्या आरोपमा प्रहरीले काठमाडौंको दक्षिणकालीबाट एक युवकलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा नवीन राई रहेका छन् । पौवापोखरी गाउँपालिका–३, खोटाङ स्थायी ठेगाना भएका उनी दक्षिणकाली नगरपालिका–२ मा बस्दै आइरहेका थिए ।
नवीनले गत सोमबार ३३ वर्षीया श्रीमती पुष्पा राईको हत्या गरेको देखिएकाले नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रमुख छेदीलाल कामतीले जानकारी दिए ।
हत्यापछि झाडीमा शव फालेका उनले पछि पुनः कोठामै ल्याएर राखेको प्रहरी भनाइ छ ।
श्रीमती हत्याको आरोपमा श्रीमानलाई पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4