
२९ फागुन, काठमाडौं । कोरोना भाइरस कोभिड–१९ को त्रास अहिले विश्वभर फैलिएको छ । यो भाइरसको त्रासबाट प्रभावित मुलुकमध्येको एक हो– फिलिपिन्स ।
फिलिपिन्सका स्वास्थ्यमन्त्री फ्रान्सिस्को डुकले संसदमा कोभिड–१९ को प्रकोप बढ्ने सम्भावना रहेको बताएका थिए । यसले फिलिपिन्समा आपतकालीन सेवा बन्द हुनसक्ने आशंका बढेको छ ।
अहिलेसम्म २ जनाको मृत्यु भएको र ४९ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तर मेट्रो मनिलाका १७ सहरका मेयरहरुले गरेको घोषणा यो तथ्यांकसँग मेल खाँदैन । स्थानीय सरकारले उनीहरुको बसोवासको आधारमा तथ्यांक सार्वजनिक गर्ने गर्छन् भने सरकारले अस्पतालमा भर्ना भएका बिरामीको आधारमा ।
संक्रमण बढ्दै गएपछि राष्ट्रपति रोड्रिगो दुटेर्टेले स्वास्थ्य आपतकालको घोषणा गरिसकेका छन् । उनले अहिलेसम्म यात्रा तथा भीडभाडमा प्रतिबन्ध लगाउनुपर्ने अवस्था नरहेको बताएका थिए ।
उनले यो भाइरसबाट २० हजार मानिसको मृत्यु भएको र कुनै स्थानमा मृत्यु हुनेको संख्या ५ हजार पार भएको खण्डमा मात्र यो भाइरसलाई गम्भीर रुपमा लिनुपर्ने उनको भनाइ थियो ।
तर, दुटेर्टेको भनाइको असर भने फिलिपिन्समा विपरीत देखिएको छ । उनको वक्तव्य आएको केही समयमा नै मनिालाका सुपरमार्केटहरु ग्राहकले भरिए । ट्वाइलेट पेपर, चाउचाउ, बोतलको पानी र बियरसम्मका सामग्रीहरु केही समयमा सकिए ।
यसरी सुपरमार्केटमा आएकामध्ये नाम उल्लेख नगर्ने शर्तमा एक ग्राहकले सरकार यो भाइरसबारे गम्भीर नेदेखिएको कारण आफूहरु आफ्नो जोहो गर्न आएको बताएकी थिइन् ।
एक स्थानीय टेलिभिजनले कोरोना भाइरसको डरले मानिसहरु सहरबाट गाउँ फर्किन थालेको जनाएको छ । स्थानीय सरकारले आपतकालीन सेवाबाहेक अन्य भ्रमणमा रोक लगाउन सक्ने आशंकाको कारण त्यसअघि नै मानिसहरु आफ्नो गाउँ फर्किन शुरु गरेका हुन् ।
मनिलाका धेरै मानिसहरुले आफ्नो लागि प्रोटेक्टिभ मास्क पनि पाउन सकेका छैनन् । स्वास्थ्य मन्त्रालयले भने मास्कमा विश्वास गर्नुभन्दा केही दूरी पर बस्न सुझाएको छ ।
प्रतिक्रिया 4