+
+
Shares

‘गौतम बुद्धको जीवनी र उपदेश’ नेपालीमा

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २९ गते १५:१२

काठमाडौं । भारतीय लेखक आनन्द श्रीकृष्णले सिद्धार्थ गौतमको जीवन र बुद्ध दर्शनमाथि लेखेको पुस्तक ‘गौतम बुद्ध : जीवनी, उपदेश र सिद्धान्त’को नेपाली अनुवाद बजारमा आएको छ ।

युद्धले कुनै समस्याको समाधान नहुने बरु क्षमा र करुणाबाट नै सबै मानवीय समस्या समाधान हुने कुरालाई पुस्तकमा जोड दिइएको पुस्तकमा बुद्धका मुख्य उपदेश र सिद्धान्तलाई सरलीकृत व्याख्या गरिएको छ ।

आम मानिसलाई गौतम बुद्धको मुख्य जीवनी थाहा भए पनि त्यसको सैद्धान्तिक र आधिकारिक घटनाक्रमहरू थाहा नभएकाले यो पुस्तक लेखिएको भारतीय लेखक श्रीकृष्णले उल्लेख गरेका छन् ।

पुस्तकलाई साहित्यकार ललिजन रावलले नेपालीमा अनुवाद गरेका हुन् । इन्डिगो इन्क प्रकाशनबाट प्रकाशित पुस्तकको मूल्य २९९ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?