Comments Add Comment

एसिया तेक्वान्दोको स्ट्यान्डिङ कमिटीमा २२ नेपाली

काठमाडौं । विश्व तेक्वान्दो एसिया स्ट्यान्डीङ कमिटीले आफ्ना विभिन्न उमसमितिमा २२ जना नेपालीलाई चयन गरेको छ । नेपाल तेक्वान्दो संघले गरेको सिफारिसको आधारमा उनीहरुलाई कमि६मा चयन गरिएको संघले जनाएको छ ।

जसअनुसार नेपाल तेक्वान्दो संघका उपाध्यक्ष सञ्जिव रेग्मी सल्लाहाकार कमिटीमा चयन भएका छन् । यसैगरी अन्य उपाध्यक्षहरु हरिश्वर पोख्रेल इथीक कमिटीमा, भोजबहादुर शाह शिक्षा कमिटीमा, नन्दकुमार राई न्यायिक कमिटीमा, दिलबहादुर वली नेतृत्व कमिटीमा र भानुबहादुर चन्द मार्केटिङ कमिटीमा चयन भएका छन् ।

यस्तै कोषाध्यक्ष कसिम मिया धोवी पारा ओलम्पिक कमिटीमा, मुख्य प्रशिक्षक तथा संघका सचिव नविन कुमार श्रेष्ठ ग्योरोगी कमिटीमा र सह कोषाध्यक्ष सुमन कुमार घले आर्थिक कमिटीमा रहेका छन् ।

यसैगरी डा. सरोजकृष्ण श्रेष्ठ एन्टी डोपिङ तथा मेडिकल कमिटीमा र संघका सचिव दिपक विष्ट एथलेटिक्स कमिटीमा छन् ।

सहायक मुख्य प्रशिक्षक संगीना बैद्य क्याडेट कमिटीमा, श्रीमान थापा मगर प्रशिक्षक कमिटीमा, भरत मर्हजन कोलिगेट कमिटीमा र कविराज खड्गी विकास कमिटीमा रहेका छन् ।

हिराबहादुर थापा खेल कमिटीमा, हेमन्त डाँगी मिडिया कमिटीमा, मिन न्यौपाने पुम्से कमिटीमा, टिका प्रसाद लिम्बू सस्टेबेनलीटी कमिटीमा, नोर्बु लामा प्राविधिक कमिटीमा, नन्दा बस्याल महिला कमिटीमा र कोशिष बहादुर खड्का युवा कमिटीमा चयन भएका हुन् ।

विभिन्न कमिटीमा चयन हुनेलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणा बिहिबार प्रमाणपत्र वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment