Comments Add Comment

शरीरभरी कसरी फैलिन्छ औषधि ? ‘साइड इफेक्ट’ बाट यसरी बचौं

अमेरिकी नागरिकले औसतमा करिब एक हजार डलर औषधिमा खर्च गर्ने गरेका छन् । जसमा सामान्य दुखाई कम गर्नेदेखि एन्टिबायोटिक्ससम्मका औषधि छन् । तर, धेरै मानिसलाई त्यस्ता औषधिले आफ्नो शरीरमा कसरी काम गर्छ भन्ने कुरा पनि थाहा हुँदैन ।

त्यसो भए हामीले खाएको औषधि कहाँ जान्छ त ? ओखाहोमा मेडिकल रिसर्च फउण्डेशनका अध्यक्ष डा. स्टिफन प्रोस्कटका अनुसार हामीले औषधि लिएपछि त्यसले कुनै प्रतिक्रिया दिँदैन । हाम्रो शरीरको प्रणालीले शरीरलाई चाहिएको कुरा आफैं खोजेर निकाल्छ । साथै, चाहिएको स्थानमा त्यसको प्रयोग पनि गर्छ ।

हामीले औषधि खाँदा सबैभन्दा पहिला यो हाम्रो पेटमा पुग्छ र साना साना टुक्रामा विभाजित हुन्छ । त्यसपछि यो हाम्रो कलेजोसम्म पुग्छ । यसले औषधिको शरीरलाई आवश्यक तत्व हाम्रो रगतमा पठाउँछ । प्रोस्कटका भन्छन्, ‘हाम्रो शरीरको सबै अंग तथा मांसपेशीमा रगतको माध्यमबाट नै आवश्यक तत्व पुग्ने गरेको छ । औषधि पनि रगतकै माध्यमबाट हाम्रो शरीरभर पुग्छ ।

जुनसुकै औषधि पनि रगतको माध्यमबाट हाम्रो शरीरभर फैलिन्छ । तर, प्रत्येक औषधि कुनै निश्चित प्रोटेन मोलिक्युस अर्थात् ग्रहणकर्ताको लागि बनाइएको हुन्छ । हामीले जुन समस्या निवारणको लागि औषधि खाएको हुन्छौं उक्त समस्या समाधानको लागि उक्त मोलिक्युजले औषधि लिन्छ र रोगविरुद्ध लड्न थाल्छ ।

प्रोस्कट यस किसिमको प्रक्रियालाई साँचो र ताल्चाको संज्ञा दिन्छन् । उनका अनुसार औषधि भनेको साँचो जस्तै हो, यो हाम्रो शरीरभरी फैलिन्छ र जहाँ फिट हुन सक्छ त्यहाँ बस्छ । यसबाट जे प्रयोजनका लागि औषधि खाइएको हो, त्यसको काम पूरा हुन्छ ।

लक्षित स्थानमा औषधि पुगेपछि यो एक कोषको रुपमा विकास हुन्छ । त्यसैले यसले राम्रो काम गर्न थाल्छ । प्रेस्कोटका अनुसार कहिलेकाहीँ लक्षित गरेको स्थानभन्दा पनि अन्य उस्तै किसिमको स्थानमा पनि औषधि पुग्छ ।

यस्तो भएको खण्डमा औषधिले ‘साइड इफेक्ट’ देखाउन थाल्छ । यस किसिमको काम शरीरमा केमोथेरापी दिँदा पनि हुन्छ । केमोथेरापीको औषधिले शरीरमा निकै छिटो फैलिँदै गरेका र धेरै छिटो विभाजित भइरहेका कोषहरु खोज्छ । यसो गर्दा उक्त औषधिले क्यान्सरको कोषलाई भेट्छ । तर, यसरी कोष खोज्दा उक्त औषधिले कपालको कोष पनि भेट्छ ।

त्यसैले केमोथेरापी दिँदा मानिसको कपाल झर्छ । यस्तोमा उपचारको प्रभाव सबैभन्दा बढी हुने गरी औषधि दिइन्छ । यसो गर्दा शरीरमा देखिनसक्ने साइड इफेक्ट कम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment