Comments Add Comment

रोग प्रतिरोधात्मक क्षमताले कसरी पुरिन्छ घाउ ?

हाम्रो शरीरमा हुने सामान्य कुरालाई हामीले बेवास्ता गरिरहेका हुन्छौं । तर, यिनै सामान्य कुराले ठूलो अर्थ पनि बोकेको हुनसक्छ । जसमध्येको एक हो शरीरको घाउ पुरिनु । हामीले हाम्रो शरीरको आफैं घाउ पुरिने क्षमताको बेवास्ता गरिरहेका हुन्छौं । यस विषयमा विश्वप्रख्यात फिजिसियन तथा वैज्ञानिक डाक्टर विलियम लीले आफ्नो ब्लगमार्फत् सार्वजनिक गरेको केही जानकारी यहाँ उल्लेख छ ।

‘धेरै मानिसहरु भन्ने गर्छन् कि डक्टरलाई पौष्टिक तत्वको विषयमा धेरै थाहा छैन । यो कुरा सत्य पनि हो । धेरै डक्टरलाई खानाले मानिसको स्वास्थ्यमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा धेरै कुरा थाहा पनि हुँदैन । उनीहरुलाई अध्ययनको क्रममा यस विषयमा धेरै कुरा सिकाइएको हुँदैन । तर, खानाको प्रभावले हाम्रो शरीरको रोगसँग लड्ने क्षमता पनि बढ्छ । यसको अर्थ हामीले सधैं रोगसँग लड्नका लागि खाना खाइरहेका हुन्छौं ।

मानिसको घाउ पुरिने प्रक्रिया पनि निकै रमाइलो छ । उदाहरणको लागि तपाईंको घुँडामा चोट लाग्यो भने यसलाई सधैं ढाकेर राख्दा पनि रगतको माध्यमबाट केही समयपछि आफैं नयाँ छाला बन्छ र यो घाउ पुरिन्छ । यसले पनि शरीरले कुनै पनि बाहिरी सहयोग बिना कसरी घाउ पुर्छ भन्ने कुरा देखाउँछ ।

यस विषयमा मैले एक दशकभन्दा लामो समयसँग अध्ययन गरिसकेको छु । जसबाट पाइएको केही महत्वपूर्ण कुरा यस्ता छन् – मानिस त्यतिबेला मात्र स्वस्थ हुन्छ, जतिबेला उसको शरीरले आफैंलाई अन्य असन्तुलन, चोटपटकबाट बचाउन सक्छ ।

मानव शरीरमा यस्तो शक्तिशाली सुरक्षा प्रणाली हुन्छ, जसले मानिसलाई स्वस्थ भौतिक, मानसिक र भावनात्मक अवस्था कायम राख्न सहयोग पुर्‍याउँछ । अनुसन्धानले मानिसको प्रतिरक्षा प्रणाली र हामीले खानेकुरामा गहिरो सम्बन्ध रहने गरेको देखाइसकेको छ ।

मेरो रुचिले मलाई  हाम्रो शरीरको केही प्रमुख प्रतिरक्षा प्रणालीको विषयमा जान्ने मौका दियो । हाम्रो शरीरमा एन्गिओजेनेसिस, स्टिम सेल्स, इम्युनिटी, माइक्रोबायोम र डीएनए प्रोटेक्शनजस्ता प्रतिरक्षा प्रणाली हुन्छन् । एन्गिओजेनेसिस यस्तो प्रक्रिया हो, जसबाट हाम्रो शरीरले नयाँ रक्तनली बनाउँछ । यो हाम्रो शरीरमा राम्रो रक्तसञ्चार कायम राख्ने महत्वपूर्ण पाटो हो ।

प्रतिरक्षा प्रणालीको अर्को महत्वपूर्ण पाटो स्टिम सेल्स हो । यो हाम्रो शरीरमा आवश्यक कुनै भाग वा अंगलाई पुन: उत्पादन गर्न काम गर्छ । यो हाम्रो स्वास्थ्यको लागि निकै महत्वपूर्ण हुन्छ । यो हाम्रो मांसपेशी, दिमागदेखि मुटु तथा छालासम्मको लागि निकै राम्रो हुन्छ ।

प्रतिरक्षा प्रणालीको अर्को महत्वपूर्ण भाग इम्युनिटी हो । यो हाम्रो रोगसँग लड्ने क्षमता हो । यसले हाम्रो शरीरमा प्रवेश गर्ने भाइरससँग लाड्छ र हामीलाई उक्त भाइरस लाग्नबाट बचाउँछ । यो क्षमता कम हुने मानिसलाई साना रोगले पनि छिटो आक्रमण गर्छ ।

माइक्रोबायोम हाम्रो शरीरको ब्याक्टेरिया हो । हाम्रो शरीरमा औसत ३७० खर्ब जीवित ब्याक्टेरिया हुन्छन् । तर, यी ब्याक्टेरिया शरीरको लागि हानिकारक नभई स्वस्थ रहन आवश्यक हुन्छन् ।

डीएनए प्रोटेक्शन स्वास्थ्यको लागि सबैभन्दा आवश्यक विषय हो । प्रत्येक दिन हाम्रो डीएनएमा ६० हजार किसिमको परिवर्तन हुन्छ । तर, डीएनएले त्यसलाई आफैं ठीक गर्छ । तर, हाम्रो डीएनएलाई ठीक गर्ने प्रणालीको सुधारका लागि हामीले खाने खानाले धेरै ठूलो सहयोग गर्छ ।

मेरो भनाइको अर्थ कुनै विशेष खानेकुरा खानुपर्छ भन्ने होइन । हामीले जे खानेकुरा खान्छौं, त्यसैको माध्यमबाट पनि हाम्रो शरीरको प्रतिरक्षा प्रणाली राम्रो बन्न सक्छ र यसले हाम्रो शरीरलाई कुनै पनि बाहिरी चोटबाट बचाउन सक्छ । यसको अर्थ हामीले खाने खानेकुरा नै हाम्रो पहिलो औषधि हो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment