+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/6 (20)
VS
७२ बलमा ६१ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
70/0 (7.6)
Shares

कफी उत्पादन र क्षेत्रफल बढ्यो

बोर्डका कृषि विकास अधिकृत गौरव लुइँटेलले आर्थिक वर्ष २०८१/८२ मा नेपालले ६ सय ४१ दशमलव ९ टन ग्रिन बिन कफी उत्पादन गरेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १ गते १७:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २१औं राष्ट्रिय कफी दिवस 'कफी खेती गरौं, स्वरोजगार बनौं' नारासहित मनाएको छ।
  • आर्थिक वर्ष २०८१/८२ मा नेपालले ६ सय ४१ दशमलव ९ टन ग्रिन बिन कफी उत्पादन गरेको छ, जुन २८ प्रतिशतले वृद्धि हो।
  • बोर्डले कच्चा कफीको न्यूनतम मूल्य तोकेको छ, फ्रेस चेरी ग्रेड एकको मूल्य प्रतिकिलो १ सय ५ रुपैयाँ कायम गरिएको छ।

१ मंसिर, काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सोमबार २१औं राष्ट्रिय कफी दिवस मनाएको छ ।  ‘कफी खेती गरौं, स्वरोजगार बनौं’ नारासहित राष्ट्रिय कफी दिवस मनाइएको हो ।

सोही कार्यक्रममा नेपालमा कफी उत्पादन र क्षेत्रफल वृद्धि भएको जानकारी दिइएको छ । कफी उत्पादन २८ प्रतिशतले वृद्धि भएको छ ।

बोर्डका कृषि विकास अधिकृत गौरव लुइँटेलले आर्थिक वर्ष २०८१/८२ मा नेपालले ६ सय ४१ दशमलव ९ टन ग्रिन बिन कफी उत्पादन गरेको बताए ।

उनका अनुसार आव २०८०/८१ मा भने ५ सय १ दशमलव ३ टन कफी उत्पादन भएको थियो ।

उनले पछिल्लो समय कफी रोपण क्षेत्र पनि वृद्धि भएको जानकारी दिए । पछिल्लो ५ वर्षमा कफी उत्पादन र कफी उत्पादन क्षेत्र पनि बढेको बताए । यद्यपि, नेपालको माग अनुसार भने उत्पादन हुन नसकेको उनको भनाइ छ ।

नेपालमा पछिल्ला वर्ष कफी अयात बढिरहेको तथ्यांकले देखाउँछ । आव २०८१/८२ मा नेपालले १४ करोड ४१ लाख रुपैयाँ बराबरको २ सय ३० टन कफी आयात गरेको थियो । सोही अवधिमा ११ करोड ४३ लाख रुपैयाँ बराबरको ६४ टन कफी निर्यात भएको छ ।

बोर्डका अनुसार नेपालमा कफी उत्पादन २०७०/७१ मा ४ सय २९ टनबाट बढेर २०८१/८२ मा ६ सय ४१ टन पुगेको छ । तर, त्यही अवधिमा कफी आयात झनै तीव्र रूपमा बढेको देखिन्छ । २०८१/८२ मा कफी आयात २ सय ३४ टन रहँदा मूल्य १४ करोड नाघेको छ ।

निर्यात भने अघिल्लो वर्षको तुलनामा घट्दै ६३ हजार ९ सय ९८ किलोमा झरेको छ । अघिल्लो वर्ष ८८ हजार ८ सय ५६ किलो कफी निर्यात भएको थियो ।

बोर्डले आज सोमबारदेखि लागु हुने गरी कच्चा कफीको न्यूनतम मूल्य पनि तोकेको छ । मूल्य गत वर्षकै दर कायम गरिएको हो ।

बोर्डका अनुसार फ्रेस चेरी कफी ग्रेड एको मूल्य प्रतिकिलो १ सय ५ रुपैयाँ र  ग्रेड बीको ९५ रुपैयाँ तोकिएको छ । पार्चमेन्ट कफीको भने ग्रेड ए को प्रतिकिलो ५ सय ३५ रुपैयाँ र ग्रेड बीको प्रतिकिलो ४ सय ८२ रुपैयाँ तोकिएको छ ।

ड्राई चेरी कफीको ग्रेड एको प्रतिकिलो २ सय ८० र ग्रेड बीको प्रतिकिलो २ सय ४७ रुपैयाँ तोकिएको बोर्डले जनाएको छ । कफी दिवसका अवसरमा कफी प्रदर्शनी समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?