Comments Add Comment

कोरोना भाइरसका सम्बन्धका केही महत्वपूर्ण तथ्यहरु

जुन प्रकारले कोरोना भाइरस संसारका विभिन्न देशहरुमा पनि फैलिरहेको छ । त्यो भन्दा पनि यस भाइरससंग सम्बन्धित विभिन्न भ्रमहरु  फैलिरहेका छन् । सामाजिक सञ्जालमा यो रहस्यमय भाइरसको बारेमा दिन-दिनै नयाँ-नयाँ कुराहरु उत्पन्न हुन थालेका छन् । जस्तै- के अत्याधिक चिसो अथवा बरफले यो भाइरसलाई नष्ट गर्न सकिन्छ ? के तातो पानीले नुहाउँदा यो भाइरसबाट बच्न सकिन्छ ? के चीनबाट आयत हुने उत्पादनहरुबाट पनि भाइरस फैलने खतरा हुन्छ ? विश्व स्वास्थ्य संगठनले कोरोना भाइरससंग सम्बन्धित सम्पुर्ण भ्रामक तथ्यहरुको विस्तृत जवाफ दिएको छ ।

कोरोना भाइरस एकदम चिसोका कारण नष्ट हुन्छ भन्ने प्रश्नको जवाफमा विश्व स्वास्थ्य संगठनले त्यस्तो भ्रममा विश्वास गनुको कुनै कारण छैन भनेको छ । चीसालेे कोरोना भाइरस अथवा अन्य कुनै भाइरस नष्ट हुन्छ भन्ने कुरामा कुनै सत्यता छैन । कोरोना भाइरसबाट बच्ने सबैभन्दा राम्रो तरिका भनेको बारम्बार अल्कोहल युक्त ह्यान्डवास अथवा साबुन र पानीले हात सफासंग धुनु पर्छ ।

त्यस्तै तातो पानीले नुहाउदा कोरोना भाइरससंग बच्न सकिन्छ भन्ने प्रश्नमा सामान्यतया मानिसको शरीरको तापक्रम ३६.५ डिग्री सेल्सियस देखि ३७ डिग्री सेल्सियससम्म हुन्छ । यस्तो स्थितिमा तातो पानीले नुहाएर कोविड-१९ भाइरसले बच्न सकिंदैन । त्यस्तो प्रकार दावी अर्थहीन हो । धेरै तातो पानीले नुहाउँदा यसले तपाइर्ंलाई नोक्सान पुर्‍याउन सक्छ ।

के चीनीयाँ उत्पादनहरुले पनि कोरोना भाइरस फैलन सक्छ ? भन्ने प्रश्नको जवाफमा चीन अथवा अन्य कुनै देशमा निर्मित उत्पादनहरुले कोरोना भाइरस फैलने कुनै खतरा हुँदैन । कोरोना भाइरस कुनै सतहमा केही घण्टा अथवा केही दिनसम्म मात्र बाँच्न सक्छ भन्ने कुरा सतहमा नै निर्भर हुन्छ ।

कुनै पनि उत्पादन जुन लगातार घुमिरहेको छ अथवा अन्य देशका निर्यात गरिरहेको छ, त्यस्तो उत्पादनहरुबाट यो भाइरस फैलने सम्भावना अत्यन्त कम हुन्छ । सामान आयात र निर्यात हुने क्रममा भिन्दा-भिन्दै तापक्रम र मौसमको सामना गर्नु पर्छ, जसका कारण भाइरस बाच्ने सम्भावना न्युन हुन्छ । यदि तपाईंलाई सामानहरुको सतह दूषित छ भन्ने लाग्छ भने यसलाई कीटाणुनाशकले राम्रोसंग धुन सक्नु हुन्छ ।

के लामखुट्टेबाट पनि कोरोना भाइरस फैलन सक्छ ? भन्ने प्रश्नको जवाफमा अहिलेसम्म त्यस्तो कुनै सूचना अथवा प्रमाण फेला परेको छैन । कोरोना भाइरसले शरीरको श्वास प्रणालीमा हमला गर्छ । कोरोना भाइरसबाट ग्रसित व्यक्तिले जब खोक्छ अथवा हाछ्यूँ गर्ने क्रममा थुकको अति नै सुक्ष्म थोपाको माध्यमबाट कोरोना भाइरस वरपर रहेका मानिसहरुको शरीरमा फैलन्छ । यस बाहेक र्‍यालको माध्यमबाट पनि यो भाइरस फैलिन्छ । त्यसैले कोरोना भाइरसबाट बच्नका लागि त्यस्ता व्यक्तिहरुबाट टाढा रहनु पर्छ, जसले हाछ्यूँ अथवा खोकी रहेको छ ।

के हृयान्ड ड्रायरले कोरोना भाइरस मर्छ भन्ने ? प्रश्नका जवाफमा यसले कोरोना भाइरस नष्ट गर्न कुनै किसिमको प्रभावकारी भुमिका हुँदैन । अल्कोहलयुक्त हृयान्डवासबाट हात बारम्बार सफा गर्ने अथवा साबुन पानीले राम्रोसंग हात धुनु नै सबैभन्दा राम्रो उपाय हो । हात धोएपछि हृयान्ड ड्रायर्स अथवा टिश्यू पेपरको माध्यमले हात पुछ्न सक्नु हुन्छ ।

अल्ट्रा भ्वाइलेट डिस-इन्फेक्सन ल्याम्प (पराबैजनी कीटाणुनाशक ल्याम्प)ले कोरोना भाइरसलाई मार्न सक्छ ? भन्ने प्रश्नमा हात अथवा शरीरका कुनै पनि अन्य अंगहरुलाई किटाणुरहित राख्नका लागि हल्ट्रा भ्वाइलेट डिस-इन्फेक्सन ल्याम्पको प्रयोग गर्नु हानिकारक हुन सक्छ । यो छालाका लागि हानिकारक हुन सक्छ ।

कोरोना भाइरस संक्रमित व्यक्तिको पहिचानका लागि थर्मल स्क्यानर कतिको प्रभावकारी हुन्छ  ? भन्ने प्रश्नमा थर्मल स्क्यानर पूर्ण रुपमा प्रभावकारी हँुदैन । थर्मल स्क्यानरले त्यो बेलामा मात्र कोरोना भाइरसको पहिचान गर्न सक्छ, जब कुनै व्यक्तिलाई इन्फेक्सनका कारण ज्वरो आएको हुन्छ अथवा उसको तापक्रम सामान्य भन्दा बढि भएको हुन्छ । थर्मल स्क्यानर कोरोना भाइरसबाट संक्रमित ती व्यक्तिहरुको पहिचान गर्न सक्दैन, जसलाई ज्वरो आएको हुँदैन । त्यस्तो हुनुको मुख्य कारण भनेको कोरोना भाइरसबाट संक्रमित भएपछि स्वास्थ्य बिग्रन र ज्वरो आउन दुईदेखि १० दिनको समय लाग्छ ।

सम्पूर्ण शरीरमा अल्कोहल अथवा क्लोरीन छर्केर भाइरसबाट बच्न सकिन्छ ? भन्ने प्रश्नमा त्यस्तो गर्दा भाइरसबाट बच्ने ग्यारेन्टी हुँदैन । जुन भाइरस पहिला नै तपाईंको शरीरमा प्रवेश गरिसकेको हुन्छ, यस प्रकारको छर्केने प्रक्रियाले त्यो मर्दैन । त्यसो गर्नाले लुगा अथवा तपाईंको शरीरलाई नोक्सान पुर्‍याउन सक्छ । यदि उचित मात्रा अथवा दिशानिर्देश अनुसार प्रयोग गरियो भने क्लोरीन अथवा अल्कोहल कुनै पनि सतहको कीटाणुरहित गर्न सहयोगी हुन्छ ।

के घरपालुवा जनावरहरुबाट कोरोना भाइरस फैलन्छ ? भन्ने प्रश्नको जवाफमा हङकङमा एक महिलाबाट उसको घर पालुवा कुकुरलाई कोरोना भाइरस फैलिएको खबर अगाडि आएको छ । त्यसैले मानिसहरुबाट घरपालुवा जनावरहरुबाट कोरोना भाइरस फैलने खतरा छैन भन्न सकिंदैन । तर पशुहरुबाट मानिसमा कोरोना भाइरस फैलिएको बारेमा अहिलेसम्म कुनै सूचना प्राप्त भएको छैन । अहिले नै घरपालुवा जनावरले कोरोना भाइरस फैलन सक्छ अथवा सक्दैन भन्ने सम्बन्धमा कुनै दावी गर्न सकिंदैन । यस्तो अवस्थामा आफ्नो हात निरन्तर सफा गर्नु आवश्यक छ । हात धुनाले कोरोना मात्र हैन घरपालुवा जनावारबाट मानिससम्म पुग्न सक्ने विभिन्न किसिमको अन्य भाइरसबाट पनि बच्न सकिन्छ ।

के निमोनियाबाट बचाउने भ्याक्सिन कोरोना भाइरसमा पनि प्रभावी हुन्छ ? भन्ने प्रश्नको जवाफमा निमोनियाको भ्याक्सिन कोरोना भाइरसबाट बच्नका लागि कुनै भुमिका छैन । यो भाइरस अत्यन्त नयाँ र भिन्दै किसिमको छ । त्यसैले सर्वेक्षणकर्ताहरु यसको लागि विशेष प्रकारको भ्याक्सिन पत्ता लगाउनका लागि जुटेका छन् । अहिले स्वास-प्रस्वास सम्बन्धि रोगबाट बचाउने भ्याक्सिनलाई  कोरोना भाइरससंग बचाउनका लागि सिफारिस गरिएको छ ।

के लहसुनको सेवनले कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ ? भन्ने प्रश्नको जवाफमा विभिन्न औषधिको गुणहरु भएको लहसुन स्वास्थ्यका लागि अति नै लाभदायक छ । तर त्यस्तो कुनै प्रमाण अहिलेसम्म उपलब्ध भएका छैनन्, जसले लहसुनको सेवन गर्नाले कोरोना भाइरसबाट बच्न सक्ने प्रामाणित भएको छैन ।

के कोरोना भाइरसले वृद्धाहरुलाई मात्र हमला गर्छ ? भन्ने प्रश्नको जवाफमा कोरोना भाइरसले कुनै पनि उमेरका मानिसहलाई आफ्नो शिकार बनाउन सक्छ । तर पहिलेबाट नै दम, मधुमेह, मुटु सम्बन्धि समस्या आदिबाट ग्रसित व्यक्तिहरु र वृद्धाहरुलाई यो भाइरबाट धेरै खतरा हुन सक्छ । भाइरसको चपेटामा आउनाले त्यस्ता व्यक्तिहरुको स्वास्थ्य झन विग्रन सक्छ । त्यसैले सबै उमेरका व्यक्तिहरुले यो भाइरसबाट बच्नका लागि आवश्यक कदम उठाउनु पर्छ ।

के एन्टीबायोटिक कोरोना भाइरस उपचार अथवा बचावमा सहयोगी साबित हुन्छ ? भन्ने प्रश्नको उत्तरमा एन्टीबायोटिकहरुले केवल ब्याक्टेरियाबाट मात्र बचाउँछ । भाइरसबाट बच्नमा यसको कुनै भुमिका रहँदैन । कोविड-१९ एउटा भाइरस हो , त्यसैले एन्टीबायोटिकको प्रयोग  यसबाट बच्न अथवा यसको उपचारका लागि गरिंदैन । तर कोरोना भाइरसबाट संक्रमित व्यक्तिलाई अस्पताल भर्ना हुँदा उसलाई एन्टीबायोटिक पनि दिइन्छ । किनभने कोरोना भाइरस संक्रमणको क्रममा उसलाई ब्याक्टेरियल इन्फेक्शनको धेरै खतरा हुन्छ ।

कोरोना भाइरसको उपचारका लागि कुनै औषधि छैन ? भन्ने प्रश्नमा अहिलेसम्म त्यस्तो कुनै विशेष औषधि उपलब्ध छैन । तर यस भाइरसबाट संक्रमित विरामीहरुको विभिन्न अस्पतालहरुमा अन्य सहयोग औषधिहरुको माध्यमले उपचार गरिरहेको छ । धेरै विरामीहरुलाई सपोर्टिभ केयरमा राखिएको छ । भाइरसबाट बचावका लागि औषधि र भ्याक्सीन तयार गर्नका लागि सर्वेक्षणकर्ताहरुले दिनरात काम गरिरहेका छन् । छिटटै कोरोना भाइरसको औषधि पत्ता लाग्ने छ भन्ने सबैको अपेक्षा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment