Comments Add Comment

फ्लू र कोरोना भाइरसमा के अन्तर छ ?

अहिले संसारभरी एउटै कुराको त्रास बढेको छ, त्यो हो कोरोना भाइरस । यसले चार हजार भन्दा धेरै मानिसहरुको ज्यान लिसकेको छ भने एक लाख २० हजार मानिसहरु यसको संक्रमणले अस्पतालमा भर्ना भएका छन् । हिजोआज कोरोना भाइरसको डरले मानिसहरुको जनजीवन अत्यन्त प्रभावित भएको छ ।

यसले समस्त देशको अर्थतन्त्रलाई गहिरो प्रभाव पार्न थालेको छ । चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरस अहिले संसारभरी फैलन थालेको छ र यो सबैको टाउको दुखाईको कारण बनेको छ । कोरोना भाइरस, जसको अफिसियल नाम कोविड-१९ हो । यसमा कुनै शंका छैन, यो भाइरल इन्फेक्सन अति नै खतरनाक हुन्छ । तर, यसको साथै यससंग सम्बन्धित विभिन्न मिथकहरु फैलिरहेका छन्, जसका कारण मानिसहरुबीच आत्तिने क्रम बढ्दै गएको छ । यसैबीच मानिसहरुको मनमा एउटा महत्वपूर्ण प्रश्न उत्पन्न भएको छ । त्यो हो कोरोना भाइरस र फ्लूको बीचमा के फरकलाई कसरी थाहा पाउने ?

संसारभरीमा महामारी फैलाउने कोरोना भाइरसको संक्रमणको शुरुवाती लक्षण रुघाखोकि र उच्चा ज्वरो हो, जुन फ्लू संक्रमणको पनि लक्षण हो । त्यसैले फ्लू र कोरोना भाइरसको लक्षण बुझ्न अति नै कठिन भएको छ ।

कोविड-१९ र फ्लू दुबै नै भाइरल इन्फेक्सन हो र यो एउटा मानिसबाट अर्को मानिसमा फैलन सक्छ । यो भाइरल इन्फेक्सन प्रायः हाछ्यूँ र खोक्नाले फैलिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार दुबै कोविड-१९ र फैलने किसिमको भाइरस हो । यसका कारण श्वास प्रश्वासको विरामीदेखि लिएर सास फेर्न गाह्रो हुने, घाँटी दुख्ने, रुघा-खोकी र ज्वरो आउने लक्षण देखिन्छ । यदि समयमा नै यसको उपचार भएन भने निमोनिया हुन सक्छ ।

दुबैमा फरक

कोरोना भाइरस र फ्लूको लक्षण देख्दा एउटै भएता पनि यो दुवै अलग जातीका  भाइरसहरु हुन् । कोविड-१९ एउटा नोवेल कोरोना भाइरस हो, जसका बारेमा सन् २०१९ मा थाहा भएको थियो, जुन यो भन्दा पहिला कहिले मानिसमा देखिएको थिएन । त्यस्तै इन्फ्लुएन्जा भाइरसको बारेमा धेरै वर्ष पहिला थाहा भएको थियो । विशेषज्ञहरुका अनुसार कोरोना भाइरस इन्फ्लूएन्जा र दोस्रो अन्य भाइरसको तुलनामा तिव्रताका साथ फैलिएको छ ।

रुघा-खोकीसंगै ज्वरो, अत्यन्त थकान, पूरा शरीर दुख्ने र जाडो लागेर कम्प हुनु फ्लूको लक्षण हुन् । यीनै कोरोना भाइरसको शुरुवाती लक्षणहरु भएकाले कोरोना भाइरस र फ्लूका बीच अन्तर पत्ता लगाउन कठिन छ । यसबारेमा गरिएको जाँचले मात्र कोरोना भाइरस हो अथवा फ्लू भन्ने बारेमा थाहा पाउन सकिन्छ ।

वास्तवमा यिनीहरुको लक्षण देखिन कति समय लाग्छ भन्ने कुरा फरक हुन्छ । जब तपाईं फ्लूको भाइरसबाट संक्रमित हुनु हुन्छ, त्यो समयमा यसको लक्षण दुईदेखि ती दिन भित्र देखिन्छ भने कोरोना भाइरसको लक्षणहरु दुईदेखि चौध दिनसम्मको समय लाग्न सक्छ ।

फ्लू र कोरोना भाइरसमा कुन धेरै खतरनाक हुन्छ ?

एकातिर डाक्टर र वैज्ञानिकहरु नोवेल कोरोना भाइरसको बारेमा अहिले पनि सर्वेक्षण गरिरहेका छन् भने अर्कोतिर फ्लू पनि संसारमा सबैभन्दा ठुलो स्वास्थ्य जोखिमहरु मध्येको एक हो । यिनीहरुको उपचार गर्ने तरिकामा पनि धेरै फरक छ । एकातिर फ्लूको भ्याक्सिन र औषधिहरु उपलब्ध छन् भने कोरोना भाइरसको अहिलेसम्म कुनै उपचार पत्ता लागेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment