Comments Add Comment

हलमा नयाँ सिनेमाको खडेरी

विश्व बजारमा कोरोनाको त्रास देखिएसँगै नेपालका चलचित्र भवनहरुमा नयाँ चलचित्रको खडेरी लाग्ने देखिएको छ । नेपाली मात्र होइन, बलिउड र हलिउड चलचित्रका निर्माताले समेत नयाँ चलचित्र पोष्टपोन्ड गर्न थालेपछि अब हलमा के चलाउने भन्ने समस्या पर्ने निश्चित छ ।

आज शुक्रबारदेखि नयाँ नेपाली चलचित्र ‘म यस्तो गीत गाउँछु २’ रिलिज हुनुपर्ने थियो । तर, कोरोनाका कारण यो चलचित्रको निर्माणपक्षले एक साता अगाडि नै प्रदर्शन मिति स्थगित गरेको थियो ।

यतिबेला, नेपाली हलमा ‘बाघी ३, आमा, सेन्टी भाइरस’ लगायतका चलचित्र छन् । तर, नेपाल सरकारले जनतलाई सार्वजनिक स्थान जस्तै सिनेमा हल, महोत्सव, मेलामा नजान आह्वान गर्ने निर्णय गरिसकेकाले सिनेमा हलमा दर्शकको उपस्थिती कम हुने पक्का छ ।

नयाँ चलचित्र पनि नहुँदा यसैपनि दर्शकको उपस्थिती हलमा कम हुन्छ । चैत्र ७ गते रिलिज हुने भनिएको नेपाली चलचित्र ‘निरफूल’को प्रदर्शन मिति पनि पछि सरिसकेको छ । यस्तै, यसको ५ दिनपछि रिलिज हुन लागेको नायक अक्षय कुमार अभिनित चलचित्र ‘सूर्यवंशी’को रिलिज मिति पनि पोष्टपोन्ड भैसकेको छ ।

चैत्र २८ गते रिलिज हुने भनिएको हिन्दी चलचित्र ‘८३’को प्रदर्शन मिति पनि पोष्टपोन्ड हुने निश्चित छ । यसैले, हलमा अब एक महिना नयाँ चलचित्र नै नहुने पक्का जस्तै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment