 
																			भारतमा कोरोना भाइरसको संक्रमण देखिन थालेपछि विभिन्न राज्यका सरकारहरुले चलचित्र भवन बन्द गर्ने निर्णय गर्न थालेका छन् । केरला सरकारले सम्पूर्ण सिनेमा हल बन्द गर्ने निर्णय गरेको केही दिनपछि दिल्ली सरकारले पनि सम्पूर्ण सिनेमा हल मार्च ३१ तारिखसम्म बन्द गर्ने निर्णय गरेको हो ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मार्च ३१ तारिखसम्म दिल्लीका सबै सिनेमा हलहरु बन्द गर्ने घोषणा गरेका छन् ।
दिल्लीका सबै सिनेमा हल बन्द हुँदा विशेषगरि, एक साता अगाडिबाट रिलिज भैरहेको नायक टाइगर श्राफको चलचित्र ‘बाघी ३’को व्यापार प्रभावित हुनेछ । यस्तै, आजैबाट रिलिज भएको हिन्दी चलचित्र ‘अंग्रेजी मिडियम’को व्यापार पनि प्रभावित हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4