
२९ फागुन, बुटवल । कपिलवस्तु जिल्ला अदालतका कर्मचारी दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अदालतमा दोभाषे कर्मचारीका रुपमा करारमा कार्यरत विश्वनाथ कुर्मी सेवाग्राहीसंग घुस लिदै गर्दा पक्राउ परेका हुन् ।
ठगी मुद्दा मिलाइदिने भन्दै घुस लिँदै गर्दा विशेष सूचनाका आधारमा उनलाई रङ्गेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले बताए ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता भुसालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4