+
+
Shares

चीनले भन्यो : कोरोनाको उत्कर्ष सकियो

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २९ गते १९:१५

२९ फागुन, काठमाडौं । विश्व स्वास्थ संगठन (डब्लूएचओ) ले महामारी घोषणा गरेको २४ घन्टा वित्न नपाउँदै चीनले भने कोरोना भाइरस कोभिड–१९ को उत्कर्ष सकिएको बताएको छ ।

हुबेई प्रान्तमा नयाँ संक्रमितको संख्या एक अंकमा झरेसँगै चिनियाँ शीर्ष स्वास्थ्य अधिकारीले कोरोनाको उत्कर्ष सकिएको बताएका हुन् । बुधबार हुबेई प्रान्तमा केवल ८ जनामा कोरोना भाइरसको नयाँ संक्रमण देखिएको थियो । भाइरस फैलिएपछि पहिलोपटक नयाँ संक्रमितको संख्या १० भन्दा पनि कम देखिएको हो ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मि फेङले सञ्चारकर्मीहरुसँग कुरा गर्दै चीनको लागि भाइरसको उत्कर्ष सकिएको बताएका हुन् । ‘नयाँ संक्रमण बढ्ने क्रममा घटिरहेको छ,’ उनले भने ।

नयाँ संक्रमित घटेसँगै व्यापार व्यवसाय पनि सुरु हुन थालेको छ । हुबेई प्रान्तले भ्रमणमा लगाइएको प्रतिबन्ध पनि बिहीबारबाट केही खुकुलो बनाउने घोषणा गरेको छ ।

जनवरी २३ यता चीनको व्यापार तथा उत्पादनको लागि निकै महत्वपूर्ण मानिने वुहान राज्य बन्द थियो ।

डिसेम्बरबाट देखिएको कोरोना भाइरसका कारण चीनमा मात्र ३ हजार १६९ जनाको मृत्यु भएको छ भने समग्र संक्रमित ८० हजार ७९६ पुगेको छ, जसमध्ये ६२ हजार ८१५ जना मानिस निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?