Comments Add Comment

युनेस्कोबाट पाँच नेपाली पुरस्कृत

काठमाडौं। संयुक्त राष्ट्रसंघको विशिष्टिकृत संस्था युनेस्कोको आयोजनामा गत जुलाई २०१९ मा दक्षिण कोरियामा भएको ‘एसिया-प्यासिफिक अमूर्त सांस्कृतिक सम्पदाको कथा प्रतियोगिता’मा पाँच नेपाली पुरस्कृत भएका छन् ।

एसिया-प्यासिफिक क्षेत्रका १९ वटा देशका युवाले प्रतियोगिता भाग लिएका थिए । ‘युवा अभ्यासकर्ता’ र ‘युवा प्रतियोगी’ गरी दुई शीर्षकमा आयोजना गरिएको प्रतियोगितामा नेपालबाट पाँच जना युवाले पुरस्कार पाए ।

नेपालबाट दीपक तोलाङ्गेको लघु चलचित्र ‘कुसुण्डा’ले विशेष पुरस्कार प्राप्त गर्‍यो । चलचित्रमा तोलाङ्गेले कुसुण्डा भाषा संरक्षण गर्न संघर्ष गरेकी एकमात्र कुसुण्डाभाषी ज्ञानीमैया सेनको संघर्ष देखाएका थिए । यद्यपि, एकमात्र कुसुण्डाभाषी ज्ञानीमैयाको गत पुष महिनामा निधन भइसकेको छ ।

यसैगरी एलिना ताम्राकार, माया राई, मोनासिला महर्जन र रिजा जोशीले फोटोग्राफी कथा र कथा सुनाउने शीर्षकमा पुरस्कार पाए । पुरस्कृत युवा प्रतिभालाई बिहिबार युनेस्काको नेपाल कार्यालयमा युनेस्को प्रतिनिधि क्रिचियन म्यानहार्टले पुरस्कृत गरे ।

प्रतियोगिता एसिया-प्यासिफिक क्षेत्रको अमूर्त सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्न आयोजना गरिएको हो । कोरोना भाइसका कारण दक्षिण कोरियामा कार्यक्रम हुन नसकेपछि युनेस्कोको प्रतिनिधिबाट काठमाडौंमा नै पुरस्कार वितरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment