Comments Add Comment

नयाँ चलचित्रको तयारीमा जुटेका रमेश भन्छन्, ‘स्कृप्ट फाइनल भइसक्यो’

नायक रमेश उप्रेतीले शनिबार आफ्नो जन्मदिन मनाउँदैछन् । वास्तविक उमेरले चार दशक पार गरे पनि रमेश आफूलाई २५ वर्षको नै भन्न रुचाउँछन् । अनलाइनखबरले उमेरबारे प्रश्न गर्दा ठट्यौली शैलीमा भने, ‘उमेर त सधै २५ नै त हो नि ।’

कुनै समय चकलेटी नायकको रुपमा रमेश उप्रेती नम्बर १ नायकको दर्जामा थिए । त्यो समय उनको पारिश्रमिक पनि निकै चर्को थियो । चलचित्र क्षेत्रमा रमेश बिकिरहेका पनि थिए ।

तर, त्यही समय रमेशलाई अमेरिकाले भिजा दियो र रमेश उतै भासिए । लामो समयको अमेरिका बसाईमा रमेशले चलचित्र क्षेत्र र आफ्नो दर्शकलाई भने बिर्सिन सकेनन । त्यसैले होला, चलचित्र क्षेत्रमा नै काम गर्ने सोचले उनी नेपाल फर्किए ।

रमेशले चलचित्र ‘ब्रास्लेट’बाट कमब्याक गरे । तर, दर्शकले उक्त चलचित्रमा रमेशलाई स्विकारेनन । सायद दर्शकले रमेशलाई बिर्सिसकेका थिए ।

उक्त चलचित्र पश्चात् रमेशले आफूले नै चलचित्र निर्माण गरे, ‘ऐश्वर्य’ । चलचित्रको मुख्य भूमिकामा रमेश आफैँ फिचर भए । रमेशको जोडी बन्न नव-नायिका दीपिका प्रसाईं राजी भइन् । खलपात्र थिए, प्रशान्त ताम्राकार ।

चलचित्रमा भएका कलाकार र गीत संगीतका कारण चलचित्रले राम्रै दर्शक पायो । चलचित्रलाई दर्शकले रुचाए । रमेश केही हदसम्म यस चलचित्रबाट भने सफल देखिए ।

उक्त चलचित्र रिलिज भएको लामो समय भइसक्यो । यस बीचमा उनी कुनै चलचित्रमा देखिएनन् । अहिले रमेश पुनः आफैँ चलचित्र निर्माण गर्न तम्सिएका छन् ।

रमेश चलचित्रको स्कृप्ट लगभग पूरा भइसकेको बताउँछन् । अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘स्कृप्ट तयार भइसकेको छ । अब कहिले घोषणा गर्ने र कहिलेबाट छायांकन गर्ने भन्ने मात्र तय हुन बाकीँ छ । तपाईहरुले छिट्टै समचार पाउनु हुनेछ ।’

रमेश अहिले चलचित्रको नाम, कलाकार तथा टिमको विषयमा बोल्न चाहादैँनन् । केही समयमा नै घोषणा हुने भएकाले यसलाई अहिले गोप्य राख्न चाहेको रमेशको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment