
१ चैत, काठमाडौं । साहित्यकार डा. डिपी भण्डारीको निधन भएको छ । बौद्धक लेखक र प्राध्यापकको रुपमा चर्चित रहेका भण्डारीको शनिबार दिउँसो साँढे ११ बजे काठमाडौंको ह्याम्स अस्पतालमा निधन भएको हो ।
सन् १९३६ मा डोटीको निरौला गाउँमा जन्मिएका भण्डारीले चार दशकभन्दा बढी समय त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेका थिए ।
भण्डारी केही वर्षयता विस्मृतिको शारिरीक समस्यामा थिए । उनको ‘मृगस्थली’ नामक निबन्धसंग्रह प्रकाशित छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4