Comments Add Comment

हिमेशले जिते कमेडी च्याम्पियनको उपाधी

कमेडी रियालिटी शो कमेडी च्याम्पियनको उपाधी हिमेश पन्तले जितेका छन् । शनिबार साँझ भएको ग्राण्ड फिनालेमा हिमेश विजेता घोषित भएका हुन् ।

कमेडी च्याम्पियनको फिनालेमा हिमेशसँगै खड्ग बहादुर पुन मगर र सुमन कोइराला पुगेका थिए । तर, दुबैलाई पछि पार्दै हिमेश पहिलफ कमेडी च्याम्पियन बन्न सफल भएका हुन् ।

देश तथा विदेशमा रहेका नेपालीले गरेको भोटका आधारमा नै हिमेश पहिलो कमेडी च्याम्पिनय चुनिएका हुन् । विजेता भएसँगै हिमेशले २५ लाख र एउटा गाडी उपहार पाएका छन् ।

टप ३ मा पर्न सफल तीन प्रतियोगीले कमेडी च्याम्पियनको टिमसँग वर्ल्ड टुरको अवसर पाएका छन् ।

विशाल भण्डारीको निर्देशनमा तयार भएको यस रियालिटी शोमा  विशाल, केकी अधिकारी र रीमा विश्वकर्मा लगायतको लगानी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment