
बिहिबार काठमाण्डौको एक होटलमा बिबाह गरेका नायिका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठले आज काठमाण्डौको पाँच तारे होटल हायातमा भव्य पार्टीको आयोजना गरेका छन् । आदिप जोडीको पार्टीमा नेपाली चलचित्रका कलाकारहरुको बाक्लो उपस्थिती थियो । हायात होटलमा उदिप र आँचलको प्रवेश विशेष रहन पुग्यो । उनीहरु, त्रिभुवन विमानस्थलमा हेलिकप्टरमा पुगेका थिए ।
हेलिकप्टर चार्टर गरेर उदिपर आँचल पुग्दा माहोल विशेष बनेको थियो । संभवत, कुनै कलाकारको बिहे पार्टीमा हेलिकप्टर चार्टर गरेर पुगेको यो पहिलो पटक हुनसक्छ ।
हेलिकप्टरबाट झर्दै गर्दा उदिपले आँचलको हात समातेका थिए । निकै नै आकर्षक र भारी लेहेङ्गा लगाएका कारण पनि आँचललाई हिड्न केही समस्या भएको थियो । तर, उदिपले उनलाई सहज बनाइदिए । उदिप र आँचलले करिब १ बर्ष प्रेम सम्बन्धमा रहेर बिहे गरेका हुन् ।
तस्वीरः शंकर गिरी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4