Comments Add Comment

उदिपको माया गर्ने बानीले छोयोः आँचल, बोलीले आकर्षित भएँः उदिप

नायिका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठ बिहिबार बिबाह बन्धनमा बाँधिएका थिए । उनै, आँचल र उदिपले आज काठमाण्डौमा बिबाह भोजको आयोजना गरे । बिबाह भोज सुरु हुनुभन्दा अगाडि संचारकर्मीसँग कुरा गर्दै उदिप र आँचलले मनको कुरा व्यक्त गरेका छन् ।

उदिपको कुन बानीले तपाइलाई छोयो भन्ने प्रश्नमा आँचलले भनिन्–‘उदिपजी एकदमै केयर गर्नुहुन्छ । हरेक केटी मान्छेको चाहना हुन्छ कि, उसको जीवनसाथी वुझ्ने, केयर गर्ने होस् । उदिपजीले माया व्यक्त गर्नुुहुन्छ । मलाई यही कुराले छोएको हो ।’

यस्तै, आँचलको बिषयमा उदिप भन्छन्–‘मैले सुरुमा भेटेपछि नै उनको बोलीचाली र व्यवहारले आकर्षितक गरेको थियो । माया गर्ने तरिका पनि आँचलको विशेष छ ।’

यो पनि पढ्नुहोस बिहे पार्टीमा हेलिकप्टरमा पुगे आँचल र उदिप(फोटो फिचरसहित)

उदिपले आँचललाई ‘आई लभ यू’ भन्दै बिहे प्रस्ताव राखेका थिए । तर, आँचलले उदिपलाई सताउनका लागि १० दिनपछि मात्र जवाफ फर्काएकी थिइन् ।

उदिपले आँचललाई मन पराएपछि उनले अभिनय गरेका सबै चलचित्र हेरेका छन् । आँचल अरु नायकसँग रोमान्टिक अवतारमा देखिदा डाहा लाग्दैन भन्ने प्रश्नमा उदिप भन्छन्–‘मलाई थाहा छ, यो चलचित्र हो । चलचित्रमा हेरेर डाहा गर्ने भन्ने हुँदैन ।’

नायिकासँग बिहे गर्दा कस्तो हुँदोरहेछ त, उदिप भन्छन्–‘मिडिया ध्यान बढी हुँदा पनि केही दबाब त महशुश हुने रहेछ ।’

आँचलको अगाडिको बाटो कस्तो होस् भन्ने चाहन्छन् त उदिप, भन्छन्–‘यो सबै उनको हातमा छ । उनको करिअर चलचित्र क्षेत्रमा नै अगाडि बढोस् भन्ने म चाहन्छु । उनले अध्ययनलाई पनि अगाडि बढाइरहेकी छिन् । उनलाई जे इच्छा लाग्छ, त्यही गरुन् भन्ने मेरो चाहना छ ।’
उदिपजी कती रोमान्टिक त, आँचल भन्छिन्–‘उदिपजी त निकै रोमान्टिक हुनुहुन्छ । उहाँको केयरिङ, लभ विशेष छ ।’

उदिप आँचललाई हनिमुनका लागि विशेष ठाउँमा लैजान चाहन्छन् । तर, उनले यो कुरा कसैलाई पनि भनेका छैनन् । अहिले कोरोना त्रासले गर्दा उनीहरुको हनिमुन योजना केही पछि सरेको छ ।

उदिपलाई धन्यवाद दिदै आँचलले भनिन्–‘मैले अहिलेसम्म उहाँलाई कुनै पनि कुरामा धन्यवाद भन्न पाएकी छैन । यो बिहे भव्य बनाउन उहाँले हरेक कोणबाट मिहिनेत गर्नुभएको छ । मैले सोचेको भन्दा पनि बढी खुशी उहाँले मलाई दिनुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment