
‘क्याप्टेन’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका प्रियंका एमभीले इन्गेजमेन्ट गरेकी छिन् । उनले, शुक्रबार आफ्ना प्रेमीको साथमा इन्गेजमेन्ट गरेकी हुन् । उनी, प्रेमी सफल अधिकारीको साथमा इन्गेजमेन्टपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित भएकी थिइन् ।
उनी र सफल शनिबार नायिका आँचल शर्माको बिहे पार्टीमा सहभागी हुन पुगेका थिए । प्रियंकाले आफ्नो बिहे आउँदो बर्षको मंसिरमा हुने जानकारी दिइन् । उनीहरुले, बिहे भन्दा करिब ९ महिना अगाडि नै इन्गेजमेन्ट गरेका हुन् ।
इन्गेजमेन्ट अगाडि नै प्रियंकाले सफलसँगको तस्वीर सामाजिक संजालमा सार्वजनिक गरेकी थिइन् ।
चलचित्र ‘क्याप्टेन’मा नायक अनमोल केसीसँग जोडी बाँधेपछि चर्चामा आएकी प्रियंकाले नयाँ चलचित्र भने साइन गरेकी छैनन् । चलचित्र करिअर सुरुवात भएसँगै उनले जीवनलाई नयाँ तरिकाले अगाडि बढाउने निर्णय गरेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4