+
+
Shares

कोरोनाको असर : एप्पलको डेभलपर्स कन्फ्रेन्स अनलाइनमै

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २ गते १३:३९

विश्वमा कोरोना भाइरसको आतंक बढिरहँदा प्रविधि जगत समेत नराम्ररी प्रभावित हुन थालेको छ । भाइरस संक्रमणका कारण मोबाइल वर्ल्ड कंग्रेसलगायतका विभिन्न प्रविधिसम्बन्धी मेला, सम्मेलन तथा कार्यक्रमहरु स्थगित भएका छन् ।

एप्पल कम्पनीले आगामी जुन महिनामा गर्ने आफ्नो वार्षिक विश्वस्तरीय डेभलपर्स कनफ्रेन्स पनि कोरोनाकै कारण स्थगित हुने अड्कल काटिएको थियो । तर एप्पलले आफ्नो पूर्वनिर्धारित कार्यक्रम गरेरै छाड्ने भएको छ ।

एप्पलको कोरोना प्रकोपले उक्त सम्मेलनको ढाँचामा भने व्यापाक फेरबदल ल्याइदिएको छ । अर्थात् यसपटक एप्पलको डेभलपर्स कन्फ्रेन्स अनलाइनमा हुने भएको छ ।

एप्पलले आफ्नो प्रेस विज्ञप्तीमा भनेको छ, ‘वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्स २०२० नितान्त नयाँ अनलाइन ढाँचामा हुनेछ जहाँ उपभोक्ता, प्रेस तथा डेभलपर्सहरुका लागि अनलाइनमै सामाग्रीहरु उपलब्ध हुनेछन् ।’

अनलाइन कन्फ्रेन्सको इन्नोभेटिभ माध्यमबाट विश्वका दशौँ लाख डेभलपर्सलाई एकठाउँ ल्याउने र नयाँ अनुभव प्रदान गर्ने एप्पलले जनाएको छ ।

जनस्वास्थ्यको विद्यमान अवस्थाले गर्दा सम्मेलनलाई नयाँ ढाँचामा आयोजना गर्न लागिएको प्रष्ट पार्दै एप्पलले सम्मेलनमा मूख्य प्रस्तुति (कि नोट) तथा सबै सत्रका सामाग्रीहरु अनलाइनमै उपलब्ध गराउने जनाएको छ ।

साथै एप्पलले कार्यक्रमको ढाँचा परिवर्तन गरी अनलाइनमा लैजाँदा सान जोसेका स्थानीय संस्थाहरुको आम्दानीमा पर्ने क्षतिलाई दृष्टिष्त गरी १० लाख डलर आर्थिक सहयोगको घोषणा पनि गरेको छ ।

स्मरण होस् यसअघि गुगल, माइक्रोसफ्ट तथा फेसबुकले पनि आफ्ना वार्षिक सम्मेलनहरुको जमघटलाई रद्द गर्दै अनलाइनमै भर्चुअल कार्यक्रम गर्ने घोषणा गरेका थिए । एजेन्सीको सहयोगमा

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?