+
+
Shares

भइमाया राईको हत्यामा संलग्नलाई जन्मकैद

रासस रासस
२०७६ चैत २ गते १८:१०

२ चैत, भोजपुर । जिल्ला अदालत भोजपुरले  टेम्केमैयुङ गाउँपालिका-२ छिनामखु खैलाका २१ वर्षीय रमेश कार्की र २३ वर्षीय भीमबहादुर कार्कीलाई जन्मकैदको फैसला सुनाएको छ ।

गत साउन ८ गते खोटाङको केपिलासगढी गाउँपालिका-१ फेदी घर भएकी ४८ वर्षीया भइमाया राई (गुरुङ)को कुटपिट गरी हत्या गरेको ठहर गर्दै अदालतले रमेश र भीमबहादुरलाई जन्मकैद सुनाएको हो ।

दुवैलाई जिल्ला न्यायाधीश गेहेन्द्रराज पन्तको इजालसले मुलुकी अपराधसंहिता २०७४ को दफा १७७ को उपदफा १ विपरीतको कसुर गरेबापत सोही ऐनको १७७ (२) बमोजिम जन्मकैद र जाहेरवाला डम्बर गुरुङलाई प्रतिवादीबाट जनही ५० हजार क्षतिपूर्ति भराउने समेत फैसला भएको अदालतले जनाएको छ ।

उनीहरुले सामान्य विवादपछि उल्टो पट्टिबाट खुकुरी प्रहार गरी घाँटी थिचेर हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीले हत्या गरेको आठ दिनपछि गत साउन १६ गते पक्राउ गरेको थियो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?