Comments Add Comment

कोभिड १९ सार्क आपतकालीन कोष बनाउने मोदीको प्रस्ताव

२ चैत, काठमाडौं । भारतले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रहरुमाझ ‘कोभिड–१९ सार्क आपतकालीन कोष’ स्थापना गर्ने प्रस्ताव राखेको छ ।

कोरोना भाइरसविरुद्ध साझा रणनीति तय गर्न आफ्नै पहलमा आइतबार भएको सार्कका राष्ट्र तथा सरकार प्रमुखहरुको भिडियो कन्फरेन्समा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोष स्थापना गर्ने प्रस्ताव राखेका छन् । उनले कोषमा भारतले तत्काल १० मिलियन अर्थात एक करोड अमेरिकी डलर दिने घोषणा पनि गरे ।

अरु देशले पनि स्वेच्छिक रुपमा योगदान गर्न सक्ने र यसरी जम्मा भएको रकम आपतकालीन कार्यमा जुनसुकै देशले प्रयोग गर्न सक्ने मोदीले बताएका छन् ।

भारतले विशेषज्ञ र डाक्टर संलग्न ¥यापिड रेस्पोन्स टिम बनाइरहेको र टेष्ट किड जम्मा गरेको भन्दै प्रधानन्त्री मोदीले कुनै देशलाई आवश्यक भए सहयोग गर्ने बताए । महामारी जन्य रोगमा अनुसन्धान गर्न साझा मञ्च बनाउनुपर्ने भन्दै मोदीले भारतको मेडिकल रिसर्च काउन्सिलले समन्वय गर्न सक्ने बताए ।

छलफलमा सबैले आपतकालीन कोष बनाउने मोदीको प्रस्तावको स्वागत गरेका छन् तर रकम भने घोषणा गरेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबैले कोरोनाबाट जोगिन सार्क राष्ट्रहरुबीच सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।

बंगलादेश, पाकिस्तान र माल्दिभ्सले परराष्ट्रमन्त्री र विज्ञरुको पनि भिडियो कन्फरेन्स गर्न र विश्व स्वास्थ्य संगठनजस्ता निकायलाई संलग्न गराउन प्रस्ताव गरेका थिए ।

जवाफमा भारतीय प्रधानमन्त्री मोदीले निरन्तर सम्वादमा रहने र केही देशले उठाएको औषधि तथा मेसिन आपूर्तिकोे विषय आफ्नो टिमले ध्यान दिने बताएका छन् । सार्क देशहरुको सहकार्य विश्वका लागि उदाहरण हुनेसमेत उनको धारणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment