Comments Add Comment

कर्णालीका मुख्यमन्त्रीले भने – कोरोना जाँच्न काठमाडौं नै आउनु नपरोस्

तस्वीर : रासस

२ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बाट हुुन सक्ने सम्भावित दुर्घटनाको नियन्त्रणका लागि स्वास्थ्य सामग्रीहरुको अभाव रहेको प्रदेश सरकारहरुले बताएका छन् ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा मुख्यमन्त्रीहरुले कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य सामग्रीको अभाव रहेको बताएका हुन् ।

नजिकको बजारमा तत्काल स्वास्थ्य सामग्री उपलब्ध नहुने र खरिद प्रक्रिया पनि झण्झटिलो र जटिल भएकाले छोटो विधिबाट खरिद गर्ने व्यवस्था मिलाउन उनीहरुले आग्रह गरेका छन् ।

त्यस्तै स्वास्थ्यकर्मीहरुको बीमादेखि अन्य सामाजिक सुरक्षाका कुराहरु व्यवस्थित गर्नसमेत माग गरेका छन् । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबाहदुर शाहीले कोरोना संक्रमण परीक्षणका लागि काठमाडौं पठाउनुपर्ने अवस्थामा देशभर कोरोना भाइरस फैलिएमा नियन्त्रण सम्भव नहुने बताए ।

उनले प्रत्येक प्रदेशमा एकवटा ल्याबको व्यवस्था गर्न माग गरे । मुख्यमन्त्री शाहीले उपचारमा प्रयोग हुने स्वास्थ्य सामाग्रीको अभाव भएको र कोरोना संक्रमण भएकालाई उपचार गर्न छुट्टै अस्पतालको व्यवस्था गर्नुपर्ने विषयमा समेत छलफल भएको बताए ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले संघ, प्रदेश र स्थानीय तहको बीचमा समन्वय गरेर कोरोना संक्रमणविरुद्ध सावधानी अपनाउने र उपचारको तयारी गर्ने विषयमा छलफल भएको बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिष्दको कार्यालयका सचिव नारायणप्रसाद बिडारीलसंक्रमण भएको पाइए उपचारलाई व्यवस्थित बनाउने, नाकाको आवागमनमा निगरानी र कडाई गर्ने विषयमा छलफल भएको बताए ।

उनले स्वास्थ्य निगरानी र प्रयोगशालाको स्थितिलाई अझ सुदृढ पार्दै लैजाने र सातै प्रदेशमा प्रयोगशाला बनाउने तर्फ योजनावद्धरुपमा काम अगाडि बढाउने निर्णय भएको पनि जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment