Comments Add Comment

भूकम्पको जत्तिकै अवस्था आइसकेको छैन : अध्यक्ष दाहाल

२ चैत, काठमाडौं । ‘क’ वर्गका बैंकका सीईओहरुको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले भूकम्पको जस्तै अवस्था अहिले नै आइनसकेको बताएका छन् ।

आइतबार अर्थमन्त्री डा. युवराज खतिवडासँगै उद्योगी-व्यवसायीहरुसँग अध्यक्ष दाहालले अहिले नै सहुलियत दिनुपर्ने अवस्था आइनसकेको बताएका हुन् ।

अर्थमन्त्रीसँग उद्योगी-व्यवसायीहरुले कोरोनाका कारण आर्थिक संकट देखा पर्ने भन्दै सहुलियतको माग गरेका थिए । उद्योग-व्यवसाय धराशायी बन्ने खतरा रहेको र यसले अर्थतन्त्रमा असर पर्ने भन्दै सरकारसँग उनीहरुले सहुलियत माग गरेका थिए ।

ब्याजमा अनुदान लगायतका सहुलियत दिन व्यवसायीहरुले अर्थमन्त्रीसँग आग्रह गरेका थिए । उद्योगी-व्यवसायी पछि बोल्ने पालो पाएका अध्यक्ष दाहालले भूकम्प पछिको अवस्था स्मरण गर्दै अहिले नै सहुलियत दिनु पर्ने अवस्था नरहेको बताए ।

‘भूकम्पपछिको अवस्था नाजुक थियो, त्यसबेला बैंकहरुले दिनु पर्ने सहुलियत दिएकै हुन्, तर अहिले त्यो अवस्था छैन’ अध्यक्ष दाहालले भने, ‘फेरि कुन क्षेत्रमा के-कति क्षति पुग्यो त कोरोनाले ? त्यो कुरा पनि आउनु पर्‍यो ।’

उनले अहिले पर्यटन र एयरलाइन्स व्यवसायमा कोरोनाको ठूलो असर परिसकेको बताए । तर अन्य क्षेत्रमा अहिले नै ठूलो असर परिनसकेको बताए । फेरी कहाँ के-कति असर गर्यो भन्ने कुरा पनि उद्योगी-व्यवसायीबाट नआएको उनले बताए ।

साच्चै ठूलो असर परेको अवस्थामा भने सहुलियत दिनु पर्ने पक्षमै आफू रहेपनि अहिले नै त्यस्तो अवस्था सिर्जना नभएको उनले बताए । अध्यक्ष दाहाललको भनाइ पछि अर्थमन्त्री खतिवडाले उद्योगी-व्यवसायीहरुलाई कहाँ के-कति असर पार्यो त्यसको सूची तयार पारेर ल्याउन भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment