Comments Add Comment

युरोकप स्थगित गर्न इटलीको प्रस्ताव

काठमाडौं । इटलीले यसै वर्षको जुन जुलाईका लागि निर्धारित युरोकप २०२० स्थगित गर्न प्रस्ताव गरेको छ । विश्वभर कोरोना भाइरसको स्क्रमण फैलिरहेको भन्दै इटालियन फुटबल फेडेरेसनले यस्तो प्रस्ताव अघि सारेको हो ।

इटलीको घरेलु लिग सिरी ए पूरा गर्न पनि युरो स्थगित गर्न इटलीले युइएफएसँग आग्रह गरेको हो । युरो २०२० जुन १२ देखि जुलाई १२ सम्म हुने तय छ ।

कोरोनाकै कारण सिरी ए अप्रिल ३ सम्मको लागि स्थगित भइसकेको छ ।

फेडेरेसनका अध्यक्ष ग्रेबियल ग्राविनाले युईएफएको मंगलबार बस्ने आकस्मिक बैठकमा आफूले सो प्रस्ताव लैजाने बताएका छन् । ‘हामी युरो च्याम्पियनसिप स्थगित गर्ने प्रस्ताव लैजादैछौं,’ ग्राविनाले भनेका छन् ।

गत मंगलबारदेखि सिरी ए फुटबल स्थगित छ । कोरोनाका कारण युरोपमा इटली सबैभन्दा धेरै प्रभावित बनेको छ ।

ग्राविनाले क्लबहरुले ठूलो लगानी गरेको र त्याग गरेकाले सिरी ए को अन्त्सम्म पुग्न प्रयास गर्ने बताएका छन् । ‘हामी सिरि एको अन्तिमसम्म पुग्न प्रयास गर्नेछौं,’ उनले भने ।

युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफले कोरोनाको बढ्दो संक्रमणलाई केन्द्रमाराख्दै मंगलबार ५५ सदस्य राष्ट्रका प्रतिनिधिसँग छलफल गर्दैछ । जसमा युरोलगायत अन्य प्रतियोगिताको बारेमा पनि छलफल हुँदैछ ।

इटालीको फुटबल महासंघले यसअघि सिरि एको सिजन पूरा हुन नसक्ने हो कि भन्दै त्यसको विकल्पमा प्लेअफ खेलहरू खेलाउने जनाएको थियो । तर ग्राविनाले पछिल्लो समय जुन ३० सम्म लिग सक्ने आसा व्यक्त गर्न थालेका छन् । तर उनले यो समय लम्बिन सक्ने भन्दै खेलाडीलाई तत्काल प्रशिक्षण नगर्न भनेका छन् ।

उता, स्पानिस शीर्ष श्रेणीको फुटबल ला लिगा सक्नेमा ला लिगाका अध्यक्ष हाभियर तेबास विश्वस्त भएका छन् । स्पेनमा बिहीबारदेखि लिग स्थगित भएको छ । तेबासले अन्य देशको लिगसँग मितिका लागि छलफल गरिरहेको र लिग अन्त्य गर्नेमा विश्वस्त रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment