Comments Add Comment

गर्मीमा स्वास्थ्यको ख्याल

गर्मी भन्ने बित्तिकै हामी पसिना, दुर्गन्ध, डिहाइड्रेसन, बेचैनी, अल्छिपना, आलस्यता तथा उर्जाको कमी जस्ता लक्षणहरु अनुभव गर्न थाल्छौं । यद्यपि, हामीले केही सावधानीहरु अपनायौं भने गर्मी मौसममा पनि हामी फिट रहन सक्छौं, फुर्तिलो रहन सक्छौं, आलस्यतालाई हटाउन सक्छौं । गर्मी मौसममा खानपिनको तालमेल मिनाउन सकियो भने, मौसम अनुसारको डाइटका साथै आफ्नो फिटनेस दिनचर्यालाई सन्तुलित राखियो भने हामी स्वस्थ र निरोगी रहन सक्छौं ।

गर्मीको खानपिन टिप्स

-गर्मीमा ताजा खाना खानुपर्छ र स्वस्थ रहनुपर्छ । गर्मीमा तुरुन्त पकाएको भोजन नै खानुपर्छ । कारण यो मौसममा विशेषगरी टमाटर, आलु, हरियो सागपात र दाल चाँडै बिग्रने गर्दछ । गर्मी मौसममा पचाउन सजिलो हुने खानेकुरा मात्र खानुपर्छ, गरिष्ठ भोजनबाट टाढा रहनुपर्छ ।

-विहान उठेको एक-डेढ घन्टाभित्र केही न केही खानुपर्छ अथवा ग्रीन टि सेवन गर्नुपर्छ । लामो समयसम्म खाली पेट बस्नाले शरीरमा आवश्यक पोषक तत्वको कमी हुन पुग्दछ । थोरै -थोरै समयको अन्तरालमा खाने गरेमा ओवर इटिङबाट बच्न सकिन्छ । बिहानको सुरुवात मन तातो पानीमा कागतीको रस र महसित गर्नु राम्रो हुन्छ ।

-गर्मीमा चिया-कफीको सेवन कम गर्नुपर्छ । कफीनले शरीरमा डिहाइट्रेशन बढाउँछ । यसबाहेक जुस, आइस, दही, लस्सी, सातु, कागती-पानी, वेल सर्वत, नरिवल पानी, उखुको रसलाई आफ्नो खानपिनमा समावेस गर्नु फाइदाजनक हुन्छ ।

-गर्मीको मौसममा घरमा ग्लुकोज, इलेकट्रोवियन, जीवनजल, पुदिना आदि राख्नुपर्छ ।

-बाहिर घामबाट फर्केपछि तुरुन्तै फ्रिजको पानी पिउनु हुँदैन । त्यसको साटो सुराही माटोको भााडामा राखिएको पानी राम्रो हुन्छ ।

-मिठाई खान मन लाग्यो भने फलफूल खानु पर्छ ?

-अत्याधिक चिसो पेय पदार्थबाट टाढा रहनुपर्छ ।

-पचाउन सजिलो हुने तथा हल्का सब्जी खानुपर्छ । गाजर, टमाटर, पालक बाहेक पानीको मात्रा भएको लौका जस्ता सब्जी राम्रो हुन्छ । यी सब्जीहरुमा क्यालोरी समेत कम हुने भएकाले गर्मीसित लड्ने क्षमता पनि हुने गर्छ ।

गर्मीमा फिटनेस एक्सरसइज

-गर्मीमा हिट स्ट्रोक र डिहाइड्रेशनबाट जोगिनका लागि विहान सबेरै र साँझपख हिंडनु राम्रो हुन्छ । बिहान ५-६ बजेतिर मर्निङ वाक र बेलुकी डिनरपछि १५-२० मिनेटको हिंडाई पनि राम्रो हुन्छ ।

-पुसअप्स शरीरलाई वार्मअप गर्नका लागि आवश्य छ । यो सिम्पल स्ट्रेन्थ हो, यसबाट शरीरको माथिल्लो भाग मजबुत हुने गर्छ ।

-स्कवाट्स शरीरको तल्लो भागको एक्सराइज हो । यसबाट थाइ, हिप, क्वाड्सको एक्सराइज हुने गर्छ ।

-बर्पीज सम्पूर्ण शरीरका लागि स्ट्रेन्थ ट्रेनिङ एक्सरसाइज हो । यसलाई  स्क्वाट थस्र्ट एक्सरसाइज पनि भनिन्छ

-साइड प्लेकङ्सबाट पेटको वरपर, पीठ्युँको र काँधको व्यायाम हुन्छ ।

-सुपरमेन प्लाङ्क पोजिशनमा सुपरमेन जस्तै उभिनुपर्छ ।

-बाकिङ लंजेज पनि शरीरको तल्लो भाग जस्तै ग्लुटिल, क्वाडि्रसेप्स र हेम स्टि्रङ्ग्सलाई मजबुत गर्नेगर्छ । यो एउटा राम्रो कर्डियोवस्कुलर एक्सरसाइज हो ।

-ओब्लीकबाट कम्मर वरपर जमेको बोसो कम हुने गर्छ ।

-ट्राइसेप्स डिस्पले हात-पाखुराको सेल्युलाइट कम हुने गर्छ ।

महिलाहरुका लागि व्यायाम

-पिलेटिज महिलाहरुमा लोकपि्रय व्यायाम हो । नर्मल डेलिभरीको चार सातापछि पनि यसलाई गर्न सकिन्छ । यो फिजिकल सिस्टमलाई जो सेफ पिलेटिभले प्रभम विश्व युद्धका बेला घाइते सैनिकको शिघ्र स्वास्थ्य लाभका लागि तयार गरेका थिए । यसको माध्यमबाट मसल्स स्ट्रेल्थनिङ र स्ट्रेचिङ हुने गर्छ ।

-योगाले शारीरिक मात्र नभै मानसिक स्वास्थ्यका लागि पनि काम गर्दछ । आजभोलि त क्लव र जिममा पनि अष्टांग योगदेखि पावर योगा सम्म गराइन थालेको छ ।

-ताइ-चाइ एउटा चाइनिज सिस्टम हो, जसबाट सन्तुलन र आराम प्राप्त हुन्छ । यो महिलाका लागि राम्रो व्यायाम हो ।

-पौडी खेल्न आउँछ भने गर्मीमा आफूलाई फूर्तिलो राख्न र बडीलाई शेपमा राख्नका लागि यो राम्रो उपाय हो । टिनएजर्सका लागि यो आवश्यक व्यायाम हो ।

-बेली डान्सिङ र जुम्बा पनि अचेल निकै लोकपि्रय छ । रमाइलोका साथमा यसबाट शरीरको अतिरिक्त क्यालोरि पनि कम हुन्छ ।

-केही नगरे पनि बि्रस्क वाक बेस्ट हुन्छ । यसबाट तौल नियन्त्रण हुन्छ भने शरीरलाई हानि पनि गर्दैन ।

-जिम लाभदायक र प्रभावकारी हुन्छ, तर त्यसका लागि कुशल ट्रेनर चाहिन्छ ।

अन्य उपायहरु

-गर्मीमा दैनिक रूपमा कम्तिमा दिनको तीन लिटर पानी पिउनुपर्छ । व्यायाम अथवा शारीरिक अभ्यासभन्दा पहिला र पछि पनि पानी अथवा तरल पदार्थ पिउनु पर्छ ।

-डाइटमा सुप तथा फलफूलको मात्रा बढाउनुपर्छ । मसलदार खाना कम खानुपर्छ ।

-एकसाथ तीन भन्दा बढी फलको मिक्स जुस पिउनु हुँदैन ।

-डब्बामा बन्द भएको जुसबाट जोगिनुपर्छ । ताजा फलको जुसलाई प्राथमिकता दिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment