Comments Add Comment

नेता भीम रावलको विद्यावारिधी सकियो

शोध प्रबन्धको भाईभा डिफेन्सपछि प्राध्यापकहरुसँग नेता रावल । तस्वीर सौजन्य : मदन विष्ट

३ चैत, काठमाडौं । नेपाल कम्युनिस्‍ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले विद्यावारिधीसम्मको पढाइ पूरा गरेका छन् ।

रावलले राजनीति शास्त्र अन्तर्गत नेपालमा राजनीतिक हिंसा र माओवादी द्वन्द्व (पोलिटिकल भ्वाइलेन्स एण्ड द माओइस्ट इन्सर्जेन्सी इन नेपाल) विषयमा प्रस्तुत गरेको शोध प्रबन्धलाई त्रिभुवन विश्वविद्यालयको मानविकी ‌संकायको रिसर्च कमिटीले स्वीकार गरेको हो ।

सोमबार रावलको शोध प्रबन्धको भाईभा थियो । रिसर्च कमिटीका प्राध्यापकमाझ रावलले आफ्नो शोध प्रबन्धको विस्तृतमा चर्चा गरेका थिए ।

रावलको शोधप्रबन्ध गाइडको रुपमा राजनीतिक शास्त्र केन्द्रीय विभागका पूर्वप्रमुख प्रा. डा. मीना वैद्य रहेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment