+
+
Shares

विदेशी मुद्रा विनिमय मुद्दामा फरार प्रतिवादी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ३ गते १३:३१

३ चैत, काठमाडौं । प्रहरीले विदेशी मुद्रा विनिमयको मुद्दामा फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-३ बस्ने ३७ वर्षीया साङ्डोमा शेर्पा रहेकी छन् ।

काठमाडौंको स्वयम्भुबाट शेर्पालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज काठमाडौंले पक्राउ गरेको हो।

२०७१ साल साउन २० गते सिन्धुपाल्चोक जिल्ला अदालतले उनलाई ६८ लाख ६२ हजार ४ सय १३ रुपैयाँ ६० पैसा जरिवाना तोकेको थियो ।

शेर्पालाई कैद भुक्तानका लागि केन्द्रीय कारागार काठमाडौंमा पठाइएको प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?